२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नवनियुक्त १२० शाखा अधिकृतको दीक्षान्त समारोह सम्पन्न

अ+ अ-

काठमाडौँ । नेपाल सरकारका नवनियुक्त राजपत्राङ्कित तृतीय श्रेणीका शाखा अधिकृत वा सो सरहका १२० अधिकृतको दीक्षान्त समारोह सम्पन्न भएको छ ।

नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज) जावलाखेल, ललितपुरले सञ्चालन गरेको ४०औँ आधारभूत प्रशासन प्रशिक्षण आज सम्पन्न भएसँगै उनीहरूलाई दीक्षान्त गरिएको हो । 

आज राजस्व, लेखा, लेखा परीक्षण र संसद सेवातर्फका १२० अधिकृतको दीक्षान्त सम्पन्न भएको छ भने प्रशासनतर्फका ८३ अधिकृत इण्टरनसिपमा रहेकाले उनीहरूको दीक्षान्त बाँकी रहेको छ।

कार्यक्रममा स्टाफ कलेजका कार्यकारी निर्देशक रामशरण पुडासैनीले नयाँ मानक स्थापना गर्दै देशका लागि सम्झनलायक काम गर्न आग्रह गरेका छन्। 

“प्रतिबद्धतालाई व्यवहारमा लागू गर्नुहोला, राष्ट्रसेवकको हैसियतले धेरै कुराको सुधार र मानक स्थापित गर्ने सन्दर्भमा स्टाफ कलेजले आफ्नो नियमिततालाई परिस्कृत गर्दै अगाडि बढिरहेको छ । यहाँको सिकाइलाई व्यवहारमा उतार्दै नयाँ उचाइ हासिल गर्न नीतिगत पुन:संरचनाका विषयमा हामीसँगसँगै छौँ”, उनले भने ।

स्टाफ कलेजले हरेक वर्ष चार हजार कर्मचारीलाई प्रशिक्षण दिने गरेको जानकारी गराउँदै कार्यकारी निर्देशक पुडासैनीले सेवा प्रवाहलाई थप प्रभावकारी र मितव्ययी बनाउन ध्यान दिइएको बताए ।

कार्यक्रममा संघीय संसद् सचिवालयका सचिव सुरजकुमार दूराले नवप्रवेशी अधिकृतहरूलाई अध्ययन र अनुसन्धानलाई निरन्तरता दिँदै देशहितका पक्षमा काम गर्न आग्रह गरेका छन्।

सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रका प्रमुख महेश बरालले समयको परिपालना गर्दै सार्वजनिक सेवाको मूल्यलाई उच्च राख्न आग्रह गरे । उनले आफूले गरेको कामप्रति सधैँ जवाफदेही हुने गरी लाग्नुका साथै ज्ञान, सीप र क्षमतालाई सही ढंगले उपयोग गर्नु सुझाव दिए । 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, मानव संशाधन तथा योजना महाशाखाका उपसचिव लेखनाथ न्यौपानेले निजामती सेवाको छविलाई उच्च राख्दै राष्ट्रको सेवासँगै आफ्नो क्षमता विकासमा ध्यान दिन आग्रह गरे । 

स्टाफ कलेजका सार्वजनिक सेवा तालिम विभाग प्रमुख त्रिलोचन पोखरेलले निजामती सेवाको मूल्य-मान्यताअनुरुप सेवा प्रवाह गर्ने क्षमतालाई गुणस्तरीय, प्रश्नविहीन र उच्च मूल्यांकन योग्य बनाउन आग्रह गरे ।

दीक्षान्त भएकाहरूका तर्फबाट अधिकृत पवित्रा रानाले चार महिने तालिमले जनसेवाप्रति जिम्मेवार, जवाफदेही र उत्तरदायी बनाएको बताइन् । प्रशिक्षण गत पुस २ गतेबाट सञ्चालन भएको थियो । 

0 Comments