२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अब चिडियाखानालाई तीन वर्गमा वर्गीकरण गरिने

अ+ अ-

काठमाडौँ । सरकारले अब चिडियाखानाको वर्गीकरण गर्ने भएको छ । वन तथा वातावरण मन्त्रालयले चिडियाखानाको क्षेत्रफल, वन्यजन्तुको संख्या तथा अन्य सेवा सुविधाका आधारमा चिडियाखानालाई वर्गीकरण गर्न कानुनी प्रक्रिया अघि बढाएको छ ।

मन्त्रालयले ‘चिडियाखाना, वन्यजन्तु उद्धार केन्द्र तथा वन्यजन्तु अस्पताल स्थापना तथा सञ्चालनसम्बन्धी मापदण्ड, २०८२ को मस्यौदा’ उपर राय/सुझाव माग गरेको छ । मन्त्रालयले गत चैत २४ गतेको सचिवस्तरीय निर्णयानुसारको मस्यौदाउपर १५ दिन भित्र रायरसुझाव उपलब्ध गराउन आग्रह गरेको छ ।

वन्यजन्तुको परस्थानीय संरक्षण, वंशाणु स्रोत संरक्षण, अध्ययन, अनुसन्धान, संरक्षण शिक्षा, मनोरञ्जन, प्रजनन, वन्यजन्तु उद्धार, उद्धार गरी राखिएका वन्यजन्तुको संरक्षण र पुन:स्थापन तथा वन्यजन्तु उपचारलाई सहज एवं व्यवस्थित गर्न सो मापदण्ड बनाउन लागिएको हो ।

प्रस्तावित उक्त मस्यौदाअनुसार तीन प्रकारका चिडियाखाना वर्गीकरण गरिएको छ । कम्तीमा ५० हेक्टर क्षेत्रफल र कम्तीमा १०० प्रजातिका वन्यजन्तु राखिने चिडियाखाना वा प्राणी उद्यानलाई ‘ठूला चिडियाखाना वा प्राणी उद्यान’ भनी वर्गीकरण गरिएको छ ।

त्यसैगरी, कम्तीमा २० हेक्टर क्षेत्रफल र कम्तीमा ४० प्रजातिका वन्यजन्तु राखिने चिडियाखाना वा प्राणी उद्यानलाई ‘मझौला चिडियाखाना’ वर्गीकरण गरिएको छ भने कम्तीमा पाँच हेक्टर क्षेत्रफल र कम्तीमा १० प्रजातिका वन्यजन्तु राखिने चिडियाखाना वा प्राणी उद्यानलाई ‘साना चिडियाखाना’ भनी वर्गीकरण गरिएको छ ।

यसैगरी, व्यवस्थापनका आधारमा चिडियाखानालाई सरकारद्वारा व्यवस्थित र संस्था वा अन्य निकायद्वारा व्यवस्थित भनी दुई प्रकारमा वर्गीकरण गर्ने प्रस्ताव गरिएको छ । संघीय निकाय, प्रदेश स्तरीय निकाय र स्थानीय तहबाट स्थापना र सञ्चालन गरिने चिडियाखाना वा प्राणी उद्यानलाई सरकारद्वारा व्यवस्थित र कानुनबमोजिम स्थापना भएका संस्था वा निकायहरूबाट स्थापना र सञ्चालन गरिने चिडियाखाना वा प्राणी उद्यानलाई संस्था वा अन्य निकायद्वारा व्यवस्थित चिडियाखाना भनी वर्गीकरण गरिनेछ ।

मापदण्डको मस्यौदामा ‘चिडियाखाना’ भन्नाले संरक्षण शिक्षा, मनोरञ्जन, प्रजनन, वंशाणु स्रोतको संरक्षण, अध्ययन तथा अनुसन्धान गर्ने उद्देश्यले जीवजन्तुहरू परस्थानमा प्रदर्शनीमा राखी व्यवस्थापन गरिएको स्थान भनी उल्लेख छ । 

त्यस्तै, सो शब्दले अन्तर्राष्ट्रिय प्रचलनअनुसार स्थापना गरिने प्राणी उद्यान (जुलोजिकल गार्डेन) समेतलाई बुझाइनेछ ।

वन्यजन्तुका लागि पाँच स्वतन्त्रता कायम गर्नुपर्ने मापदण्डको मस्यौदाअनुसार वन्यजन्तुहरुको बासस्थल निर्माण गर्दा वा समूहगत खण्ड व्यवस्था गर्दा वन्यजन्तुलाई उचित आहारा, पोषण र पानीको उपलब्धता, पीडा र रोगव्याधिबाट उन्मुक्ति, आवश्यक औषधोपचार, प्राकृतिक स्वभाव व्यक्त गर्न सक्ने वातावरण र अनावश्यक भय एवं त्रास नहुने वातावरण प्रदान गर्नुपर्ने छ ।

चिडियाखानाको ‘सेक्सन’मा राख्दा वन्यजन्तु प्रजातिको आनीबानीअनुसार भाले र पोथीको जोडी मिलाई राख्नुपर्ने छ । त्यस्तै, समूहमा रहने प्रजातिहरूलाई समूहमा आवश्यक सङ्ख्यामा भाले–पोथी अनुपात मिलाई राख्नुपर्ने छ । घाइते, बिरामी र तत्काल उद्धार गरिएका वन्यजन्तुलाई प्रदर्शनीमा राख्नु हुँदैन भने वन्यजन्तुको बासस्थलबाट आगन्तुकले अवलोकन गर्ने स्थानसम्मको दूरी कम्तीमा एक दशमलव पाँच मिटर कायम गर्नुपर्ने मस्यौदामा उल्लेख छ । त्यसका लागि वन्यजन्तुको बासस्थलको बाहिरी घेराबाट एक दशमलव पाँच मिटरको दूरीमा सुरक्षा अवरोध राख्नुपर्ने छ ।

मापदण्डअनुसार वन्यजन्तु उद्धार गर्ने क्रममा, उद्धार गरी ढुवानी/ओसारपसार गर्दा, उद्धार केन्द्र वा चिडियाखानामा रहँदा, उपचार गर्दागर्दै मृत्यु भएमा पशु चिकित्सकबाट ‘पोष्टमार्टम’ गरी नेपालका संरक्षित, संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण महासन्धिको अनुसूचीमा सूचीकृत वन्यजन्तुको हकमा सम्बन्धित संरक्षित क्षेत्र कार्यालय वा डिभिजन वन कार्यालय कर्मचारीको रोहवरमा मुचुल्का खडा गरी अभिलेख राख्नुपर्नेछ ।

पोष्टमार्टमपछि चिडियाखाना, उद्धार केन्द्र वा डिभिजन वन कार्यालय वा संरक्षित क्षेत्र कार्यालयका परिसरभित्र यथोचित संस्कारका साथ दाहसंस्कार गरी गहिरो खाडल खनेर झिक्न/निकाल्न नमिल्ने गरी गाड्नु पर्नेछ ।  

0 Comments