२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रोहितको कप्तानीमा आइसिसी लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा, विनोद र अर्जुनले पाए मौका

अ+ अ-

काठमाडौँ । नेपाल क्रिकेट संघले आइसिसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक एक दिवसीय शृङ्खलाका लागि राष्ट्रिय टोली सार्वजनिक गरेको छ । प्रतियोगिताका लागि १५ सदस्यीय टोली तयार पारिएको छ, जसको नेतृत्व रोहित पौडेलले गर्नेछन् ।

घोषित टोलीमा अनुभवी खेलाडी विनोद भण्डारी पुनरागमन गर्न सफल भएका छन् भने युवा प्रतिभा अर्जुन कुमाल पहिलो पटक राष्ट्रिय टोलीमा समावेश भएका छन् । दुवै खेलाडीले हालै सम्पन्न घरेलु प्रतियोगितामा प्रदर्शनका आधारमा स्थान सुरक्षित गरेका हुन् ।

टोलीमा कप्तान रोहितसँगै उपकप्तान दीपेन्द्र सिंह ऐरी सहित कुशल भुर्तेल, आसिफ शेख, भीम सार्की, आरिफ शेख, बसिर अहमद, गुलशन झा, सोमपाल कामी, सन्दीप लामिछाने, ललित राजवंशी, नन्दन यादव, अर्जुन कुमाल, विनोद भण्डारी र करण केसी रहेका छन् ।

यसैगरी वैकल्पिक सूचीमा हेमन्त धामी, शेर मल्ल, रिजन ढकाल, इशान पाण्डे तथा देव खनाललाई राखिएको छ ।

नेपालसहित संयुक्त अरब इमिरेट्स र ओमान सहभागी रहने उक्त शृङ्खला आगामी अप्रिल २५ देखि सुरु हुने कार्यतालिका छ । प्रतियोगितामा कुल ६ खेल खेलाइनेछन्, जसअनुसार प्रत्येक टोलीले एक अर्कासँग दुई-दुई पटक प्रतिस्पर्धा गर्नेछन् ।

तालिका अनुसार पहिलो खेलमा नेपाल र यूएईबीच प्रतिस्पर्धा हुनेछ भने २७ अप्रिलमा युएई र ओमान आमनेसामने हुनेछन् । त्यसपछि २९ अप्रिलमा नेपालले ओमानको सामना गर्नेछ । मे १ मा नेपाल र युएई पुनः भिड्नेछन् भने ३ मेमा युएई र ओमानबीच खेल हुनेछ । शृङ्खलाको अन्तिम खेल मे ५ मा नेपाल र यूएईबीच तय गरिएको छ ।

0 Comments