२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तीन सडक र वडा कार्यालय भवन निर्माण एकसाथ

अ+ अ-

गलकोट (बागलुङ) । बागलुङको गलकोट नगरपालिका क्षेत्रका तीनवटा छोटा सडक र वडा कार्यालय भवन एकसाथ सम्पन्न गरिएको छ । गलकोट–३ को वडा कार्यालय भवन निर्माण सम्पन्न गरिएको छ भने झण्डै साढे दुई किलोमिटर सडक कालोपत्र र ढलान गरिएको हो ।

उक्त भवन तथा तीन सडक एकमुष्ट सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय बागलुङको आर्थिक सहयोगमा निर्माण गरिएका हुन् । गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले वडा कार्यालय नयाँ भवन, गलकोतघर जाने सडक, नरेडाँटी सडकलगायतका पूर्वाधार समयमै सम्पन्न भएको बताए । उनले निर्माण सम्पन्न भएका सडक तथा वडा कार्यालयले स्थानीय तहबाट प्रदान गरिने सेवा थप व्यवस्थित, प्रभावकारी र नागरिकमैत्री हुने विश्वास व्यक्त गरे ।

प्रमुख गैरेले स्थानीय सरकार जनताको सबैभन्दा नजिकको सरकार भएको उल्लेख गर्दै सेवा प्रवाहलाई छिटो, सहज र पारदर्शी बनाउन भौतिक पूर्वाधारको विकास अपरिहार्य रहेको बताए । वडा कार्यालय भवन जग्गा व्यवस्थापन समिति गठन गरी जग्गा व्यवस्थापन गरिएको थियो । बागेश्वरी मल्टिप्रपोज निर्माण प्रालिले २०८१ भदौमा वडा कार्यालय र तीन सडकलाई एकमुष्ट २०८२ फागुनमा सम्पन्न गर्नेगरी सम्झौता गरी निर्माण थालिएको थियो ।

सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालयअन्तर्गत गलकोट क्षेत्रका तीन छोटा सडक तथा वडा कार्यालय निर्माण सम्झौता मितिमै सम्पन्न गरिएको हो । गलकोट–१ र २ नरेठाँटी जोड्ने एक किमी सडक कालोपत्र, वडा नं ३ मा अवस्थित कोतघर जोड्ने एक किमी सडक कालोपत्र तथा वडा नं ५ हरिचौर क्षेत्रमा ३०० मिटर सडक ढलानलगायतका कार्य एउटै बजेटबाट सञ्चालन गरिएको हो । तीन सडक तथा वडा कार्यालय भवन रु सात करोड ६५ लाख ८४ हजारको लागतमा निर्माण गरिएको कार्यालयका इन्जिनियर गोपिचन्द्र आचार्यले जानकारी दिए।

0 Comments