२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘मुलुकको आर्थिक समृद्धिका लागि होटेल व्यवसायीको महत्त्वपूर्ण भूमिका छ’ : महामन्त्री घिमिरे

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गुरुराज घिमिरेले मुलुकको आर्थिक समृद्धिका लागि होटेल व्यवसायीको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् । 

पार्टीको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक होटेल व्यवसायी संघले आज यहाँ आयोजना गरेको ‘नयाँवर्षको शुभकामना आदानप्रदान तथा भित्ते पात्रो विमोचन’ कार्यक्रममा उनले व्यवसायीको त्यस्तो भूमिकालाई थप बढावा दिन सबैको सहयोग आवश्यक रहेको बताएका छन् । 

महामन्त्री घिमिरेले व्यवसायसँगै देशको राजनीतिलाई अगाडि बढाउन होटेल व्यवसायी संघले महत्त्वपूर्ण भूमिका खेलेको भन्दै प्रशंसा गरेका छन्। उनले अब पार्टीका हरेक नेता कार्यकर्ताले आफ्नो र परिवारको जीविको चलाउन कुनै न कुनै व्यवसायमा जोडिनुपर्ने धारणा राखेका छन्। 

“मुलुकको आर्थिक समृद्धिका लागि होटेल व्यवसायीको महत्त्वपूर्ण भूमिका छ । अब पार्टीभित्रका विभिन्न तह र तप्काका व्यक्तिलाई व्यवसायसँग जोड्न संघले सहयोग गर्नुपर्छ”, उनले भने ।

महामन्त्री घिमिरेले काँग्रेसको अबको लक्ष्य समयमै पार्टीको १५औँ महाधिवेशन सम्पन्न गरी आगामी वर्ष हुने स्थानीय र प्रदेश तहको निर्वाचनमा काँग्रेसलाई सफल बनाउनु रहेको उल्लेख गरे । उनले शुभेच्छुक संस्थाका प्रतिनिधिलाई पार्टीको मूलधारको राजनीतिमा जान पाउने गरी विधानमा ‘ल्याट्रल इन्ट्री’को व्यवस्था गरिएको बताए । 

पार्टीका सहमहामन्त्री एवम् बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामाले व्यवसायसँगै राजनीतिलाई अगाडि बढाउन संघले खेलेको भूमिका सराहनीय रहेको बताए । उनले व्यवसायविना राजनीति र समाजसेवा हुन नसक्ने धारणा राखे । 

सहमहामन्त्री लामाले होटेल क्षेत्रले मुलुकमा लाखौँ व्यक्तिलाई रोजगारी प्रदान गरेको भन्दै यस क्षेत्रमा देखिएका समस्या समाधानमा सरकारले सहयोग गर्नुपर्ने बताए ।

काँग्रेस केन्द्रीय सदस्य अब्दुल सत्तारले रोजगारी सिर्जना र मुलुकको अर्थतन्त्र विकासमा होटेल क्षेत्रले खेलेको भूमिकालाई थप बढाउन राज्यले उचित नीति लिनुपर्ने बताए । होटेललाई उद्योगको रूपमा विकास गर्नुपर्ने उनको भनाइ थियो ।

काँग्रेसका पूर्वकेन्द्रीय सदस्य नैनसिंह महरले मध्यपूर्वको समस्याका कारण नेपालको पर्यटन क्षेत्रमा ठूलो समस्या उत्पन्न हुँदा यसको प्रभाव होटेल क्षेत्रमा परेको बताए । उनले होटेल व्यवसायीको समस्या समाधानमा काँग्रेसले काम गर्ने बताए ।

प्रतिनिधि सभा सांसद सन्तोष सुब्बाले व्यवसायीको हितका लागि काँग्रेसले लामो समयदेखि कुरा उठाउँदै आएको र पार्टीका तर्फबाट आफूले यसबारे संसदमा आवाज उठाउने प्रतिबद्धता जनाएका छन् । 

डेमोक्रेटिक लयर्स एसोसिएसनका अध्यक्ष वरिष्ठ अधिवक्ता सीताराम केसीले जेन जेड आन्दोलनपछि काँग्रेसभित्र रूपान्तरण जरुरी रहेको र उक्त कार्य विशेष महाधिवेशनले पूरा गरेको बताए ।

होटेल व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सन्तोष उप्रेती, उपाध्यक्ष शैलेश कार्की, जिल्ला होटेल व्यवसायी संघ काठमाडौँका अध्यक्ष सुरेश बराललगायतले मुलुकको अर्थतन्त्रको मुख्य खम्बा होटेल व्यवसाय भएकाले यसलाई राज्यले विशेष संरक्षण गर्नुपर्नेमा जोड दिए। 

संघका अध्यक्ष लीलाप्रसाद ढकालले पर्यटन र व्यवसाय क्षेत्रको संरक्षणमा काँग्रेसले खेलेको भूमिकाको चर्चा गर्दै आगामी दिनमा यस क्षेत्रको सुदृढीकरणमा काँग्रेसले सकारात्मक भूमिका खेल्ने विश्वास व्यक्त गरे । काँग्रेसको शुभेच्छुक संस्थाको रूपमा स्थापना भएको संघको हाल ४४ जिल्लामा शाखा स्थापना भइसकेको जानकारी दिँदै उनले आगामी मङ्सिरभित्र ७७ वटै जिल्लामा शाखा स्थापना गरिने बताए ।।

0 Comments