२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नतिजा सार्वजनिक भएको दुई साताभित्रै ट्रान्सक्रिप्ट उपलब्ध गराइने

अ+ अ-

काठमाडौँ । देशका विश्वविद्यालयहरूले परीक्षाफल सार्वजनिक गरेपछि १५ दिनभित्र विद्यार्थीलाई ट्रान्सक्रिप्ट उपलब्ध गराउने व्यवस्था लागू गर्ने सहमति गरेका छन्। 

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलको उपस्थितिमा चैत २० गते सम्पन्न बैठकमा विभिन्न विश्वविद्यालयका उपकुलपतिहरूले उक्त निर्णयमा हस्ताक्षर गरेका हुन्।

निर्णय अनुसार, परीक्षाफल प्रकाशन प्रक्रियालाई व्यवस्थित र पूर्वानुमानयोग्य बनाउन परीक्षा नियन्त्रण कार्यालयअन्तर्गत एकीकृत नतिजा पोर्टल विकास गरिनेछ। यसबाट नतिजा व्यवस्थापनमा पारदर्शिता र समयसीमा सुनिश्चित गर्ने अपेक्षा गरिएको छ।

उच्च शिक्षाको राष्ट्रिय शैक्षिक क्यालेन्डरलाई कार्यान्वयनयोग्य र प्रभावकारी बनाउन पुनरावलोकन गरिने भएको छ। यसका लागि विश्वविद्यालय अनुदान आयोगका सचिवको नेतृत्वमा समिति गठन गरिनेछ, जसले १५ दिनभित्र संशोधित क्यालेन्डर पेश गर्नेछ।

सेवाग्राहीका गुनासा, सुझाव तथा सेवा मागलाई द्रुत र परिणाममुखी ढंगले सम्बोधन गर्न विश्वविद्यालयहरूले बहु–च्यानल गुनासो व्यवस्थापन प्रणाली सञ्चालन गर्ने निर्णय गरेका छन्। यस प्रणालीअन्तर्गत फोन, मोबाइल एप, अनलाइन पोर्टल तथा सामाजिक सञ्जालमार्फत २४ घण्टा गुनासो दर्ता गर्न सकिनेछ।

यसैगरी, विद्यार्थीका शैक्षिक प्रमाणपत्रलाई डिजिटल माध्यमबाट उपलब्ध गराउनेतर्फ पनि पहल गरिने भएको छ। विश्वविद्यालयहरूले आवश्यक एप तथा पोर्टल तयार गरी नागरिक एपसँग एकीकृत गर्ने र प्रमाणपत्र इमेल वा मोबाइलमार्फत डाउनलोड गर्न सकिने व्यवस्था १५ दिनभित्र मिलाउने सहमति गरिएको छ।

0 Comments