२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भक्तपुर औद्योगिक महोत्सव: ८० लाखको कारोबार

अ+ अ-

भक्तपुर । नयाँ वर्ष २०८३ सालको अवसर पारेर भक्तपुरको सल्लाघारीस्थित १०९ रोपनी चौरमा आयोजना भएको ‘१० औँभक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव’सोमबार राति सम्पन्न भएको छ । महोत्सवमा करिब लाखको व्यापार भएको जनाइएको छ ।

औद्योगिक शान्ति नेपाल संस्थाले गत चैत २६ गतेदेखि सञ्चालन गरेको १२ दिने महोत्सवमा एक लाख ३० हजारभन्दा बढी दर्शक तथा उपभोक्ताले अवलोकन गरेका बताउँदै करिब रु ८० लाखभन्दा बढीको व्यापार गरी महोत्सव सम्पन्न भएकोे संस्थाका अध्यक्ष सन्दीप महतले जानकारी दिए ।

महोत्सवमा एकै छानामुनि दैनिक उपभोग्य सामग्री र विभिन्न सामान पाउने भएपछि १८० वटा स्टल (कक्ष)मा दैनिक उपभोक्ताको घुइचो लागेको थियो भने दैनिक राष्ट्रिय कलाकारबाट हुने सांस्कृतिक कार्यक्रमले राति ९:०० बजेसम्म हजारौँ दर्शकको अवलोकनका लागि घुइाचो लाग्ने गरेको थियो ।

स्थानीय उत्पादनको बजार प्रवर्द्धन गर्ने, राष्ट्रिय तथा अन्तरराष्ट्रिय ब्रान्डका विभिन्न सामान एकैथलोमा सुपथ मूल्यमा उपलब्ध गराउने, भक्तपरको कला, संस्कृति, उत्पादन र सांस्कृतिक परम्परालाई एकै थलोमा प्रदर्शन गर्दै प्रचार गर्ने उद्देश्यले नयाँ वर्षको अवसरमा महोत्सवको आयोजना गरेको महोत्सवका संयोजक दीपक थापाले जानकारी दिए ।

महोत्सवमा मानवीय दैनिक जीवनमा प्रयोगमा आउने दैनिक उपभोग्य सामग्री, खाद्यान्नका सामग्री, विभिन्न्न प्रकारका लत्ताकपडा, जुत्ता, कृषि तथा हस्तकलाका सामग्री, औद्योगिक उत्पादन, काष्ठकला, माटाका भाँडा, स्थानीय घरेलु उत्पादन, सूचना तथा विज्ञान प्रबिधि, अटोमोबाइल, विद्युतीय उपकरण, कृषि औजार, मोबाइल तथा इलेक्ट्रोनिक्स सामानको प्रदर्शनी तथा बिक्री लागि राखिएको उनले जानकारी दिए ।

महोत्सवमा मुख्य आकर्षणको रुपमा राखिएको ‘लन्डन ब्रिज’ मा फोटो तथा भिडियो खिच्नेहरूको भीड देखिन्थ्यो भने बालबालिकादेखि यवायुवतीसम्म बाल उद्यान, रोटेपिङ, ड्रागन ट्रेन, नाउ तथा बच्चाका विभिन्न प्रकारको खेलौना र विभिन्न प्रकारका खानामा उपभोक्ताको त्यत्तिकै भीड देखिन्थ्यो ।

0 Comments