काठमाडौँ । पश्चिम नवलपरासीको प्रतापपुरमा आज दिउँसो आगलागी हुँदा १२ वटा घर जलेर पूर्ण रूपमा नष्ट भएका छन् ।
प्रतापपुर गाउँपालिका वडा ५ भैरमपुरमा स्थानीय गोविन्द चमारको घरबाट सुरु भएको आगोले १२ जनाको कच्चि घर जलेर नष्ट भएको छ । आगलागीमा कुनै मानवीय क्षति नभए पनि ३ वटा बाख्रा जलेर मरेका छन् भने एउटा बाख्रा घाइते भएका छन् ।
आगलागीबाट घर सहित अन्नपात लत्ताकपडा गरी ५० लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार स्थानीय गोविन्द चमारले बिहान घरमा सरसफाईबाट जम्मा भएको फोहोर जलाउन बालेको आगो राम्रोसँग ननिभाउँदा हावाले उडाएर आगलागी भएको हो ।
गरिब विपन्न बस्तीमा आगोले घरबास जलेर नष्ट भएपछि उनीहरूको बिचल्ली भएको छ । घटनामा गोविन्द चमार सहित रामसिंह कुर्मी, राम बहादुर कर्मी, नगिना हरिजन, भुटेल हरिजन, सन्तोष हरिजन, कासिलाल चमार, शिवशरण कुर्मी, सदिक मियाँ, किमन कुर्मी र अनेश कुर्मीको कच्चि घर जलेर नष्ट भएको हो भने उमेश कुर्मीको दुई कोठे पक्की घरमा पनि आगोले क्षति पुर्याएको छ ।
आगो लागेपछि समयमै दमकल पुग्न नसकेको भन्दै स्थानीयले आक्रोश व्यक्त गरेका छन् ।








webdesign agentur bamberg https://websiteerstellenlassenbamberg.de/