२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सिंहदरबार प्रदर्शनका क्रममा पक्राउ परेका नेविसंघ नेताहरू रिहा गर्न काँग्रेसको माग

अ+ अ-

काठमाडौँ। नेपाली काँग्रेसले नेपाल विद्यार्थी संघ (नेविसंघ) का नेताहरूलाई पक्राउ गरिएको घटनाप्रति आपत्ति जनाउँदै उनीहरूको तत्काल रिहाइको माग गरेको छ।

गृहमन्त्री सुधन गुरुङको राजीनामा माग गर्दै सिंहदरबार परिसरमा प्रदर्शनमा उत्रिएका नेविसंघका नेताहरूलाई प्रहरीले नियन्त्रणमा लिएपछि काँग्रेसले औपचारिक प्रतिक्रिया सार्वजनिक गरेको हो।

काँग्रेसका प्रवक्ता देवराज चालिसेका अनुसार पक्राउ पर्नेमा नेविसंघ केन्द्रीय सदस्य इञ्जिनियर भुवन भट्टसहित कुम्भराज देउवा, नवीन विष्ट, आकाश देवकोटा, सुशील ऐडी र विशाल विसीलगायतका विद्यार्थी नेताहरू रहेका छन्।

पार्टीद्वारा जारी विज्ञप्तिमा लोकतान्त्रिक व्यवस्थामा अभिव्यक्ति स्वतन्त्रता, शान्तिपूर्ण आवागमन तथा असहमति प्रकट गर्ने अधिकार नागरिकका मौलिक हक भएको उल्लेख गरिएको छ। यस्ता अधिकारको संरक्षण राज्यको संवैधानिक दायित्व भए पनि प्रदर्शनका क्रममा पक्राउ गर्ने कार्यले लोकतान्त्रिक मूल्य र विधिको शासनमाथि प्रश्न उठ्ने अवस्था सिर्जना गरेको काँग्रेसको भनाइ छ।

काँग्रेसले असहमति व्यक्त गर्ने अभ्यासलाई नियन्त्रण गर्ने प्रवृत्ति संविधानको मर्म र लोकतान्त्रिक संस्कृति विपरीत रहेको निष्कर्ष निकालेको छ।

त्यसैगरी विज्ञप्तिमा असहमति लोकतन्त्रको अनिवार्य अंग भएको उल्लेख गर्दै त्यसलाई दमन होइन, संवाद र सहकार्यमार्फत सम्बोधन गर्नुपर्ने धारणा राखिएको छ। काँग्रेसले सम्बन्धित निकायसँग पक्राउ परेका विद्यार्थी नेताहरूलाई बिना शर्त तत्काल रिहा गर्न र भविष्यमा मौलिक अधिकारमाथि कुनै पनि प्रकारको हस्तक्षेप नगर्न आग्रह गरेको छ।

0 Comments