२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘संसदीय नियमले संविधान र प्रचलित कानुनको सीमालाई नाघ्न सक्दैन’ : महेश बर्तौला

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका नेता महेश बर्तौलाले प्रतिनिधि सभाको प्रस्तावित नियमावलीका केही प्रावधानप्रति आपत्ति जनाउँदै संसदीय नियमले संविधान र प्रचलित कानुनको सीमालाई नाघ्न नसक्ने स्पष्ट पारेका छन्।

निवर्तमान प्रमुख सचेतक समेत रहेका बर्तौलाले मस्यौदा चरणमा रहेको नियमावलीमा समावेश कतिपय व्यवस्था संवैधानिक दायराभन्दा बाहिर जान सक्ने जोखिम रहेको उल्लेख गरेका छन्। हाल उक्त नियमावली संसदबाट अन्तिम स्वीकृतिका लागि पारित भइसकेको छैन।

उनका अनुसार संसदले बनाउने कार्यविधिगत नियमले विद्यमान कानुनी संरचनालाई निष्प्रभावी बनाउने वा प्रतिस्थापन गर्ने अधिकार राख्दैन। उनले सांसदहरूलाई कानुनी उत्तरदायित्वबाट उन्मुक्ति दिने वा कानुनभन्दा माथि राख्ने किसिमका प्रावधान लोकतान्त्रिक प्रणाली र विधिको शासनसँग असंगत हुने टिप्पणी गरेका छन्।

नेपालको संविधानको धारा १०४ (१) अनुसार संघीय संसदका प्रत्येक सदनलाई आन्तरिक कार्य सञ्चालनका लागि नियम बनाउने अधिकार भए पनि सो अधिकार निश्चित सीमाभित्र मात्र प्रयोग गर्न सकिने उनको भनाइ छ।

बर्तौलाले नयाँ नियमावली तयार गर्दा संवैधानिक प्रावधान, विधिको शासनको मान्यता र संसदीय अभ्यासलाई आधार मानेर मात्र अघि बढ्नुपर्नेमा जोड दिएका छन्। साथै, संसदको कार्यप्रणालीलाई थप व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन आवश्यक सुधारात्मक प्रावधान समावेश गर्नुपर्ने सुझावसमेत दिएका छन्।

0 Comments