२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मिथिलामा जानकी नवमीको उल्लास

अ+ अ-

महोत्तरी । विभिन्न चाडपर्व र सांस्कृतिक उत्सवको वैभव मानिने मधेसको महोत्तरीसहितका प्राचीन मिथिलाक्षेत्रमा आज जानकी नवमीको उल्लास छ । वैशाख शुक्ल नवमी तिथि आज परेकाले यस क्षेत्रमा जानकी नवमी पर्व धार्मिक अनुष्ठानबीच मनाइँदै छ ।

चन्द्रमासको वैशाख शुक्ल नवमी तिथिका दिन आदर्श नारी सीताको जन्म भएको विश्वासमा मिथिला क्षेत्रमा यो पर्व विशेष उल्लासको मानिन्छ । जानकी नवमी वा जानकी प्रकाट्य दिवस भनिने यो पर्वको रमझम मिथिलामा वैशाख शुक्लपक्ष सुरु हुनासाथै प्रारम्भ हुन्छ ।

सीता खासमा मिथिलाकै छोरी भएकी हुँदा यहाँ जानकी नवमी विशिष्ट पर्व बनेको मटिहानीस्थित लक्ष्मीनारायण मठका उत्तराधिकारी महन्थ डा. रवीन्द्रदास वैष्णवले बताए। उनका अनुसार मुलुककै राष्ट्रिय विभूति सीतालाई जानकी, वैदेही, जनकनन्दिनी, मिथिला, जनकदुलारी, रामिणी र किशोरीजीसहित कैयौँ नाउँले पुकारिन्छ । 

सीता आदिशक्ति देवी लक्ष्मीकी अवतार मानिने हिन्दु मान्यता र परम्पराले यस क्षेत्रमा व्रत, रामायण कथा र सांस्कृतिक झाँकीका बीच उत्सव मनाउने परम्परा रहिआएको लक्ष्मीनारायण मठका उत्तराधिकारी महन्थ डा वैष्णवले उल्लेख गरे । 

मिथिलाका धार्मिक मठ, मन्दिरमा यो पर्व वैशाख शुक्लपक्ष सुरु भएसँगै नौ दिनसम्म विभिन्न विधिबीच मनाइन्छ । वैशाख शुक्लपक्ष प्रारम्भसँगै सुरु भएको यस पर्वको विधिवत् समापन आज गरिँदैछ । 

जानकी नवमी पर्व सम्पूर्ण हिन्दु समुदाय, नेपालीहरूका लागि उत्तिकै महत्त्वपूर्ण भए पनि सीता प्राचीन मिथिलाकी छोरी भएकी हुँदा यहाँका बासिन्दामा यस पर्वको भावात्मक सम्बन्ध रहेको मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठ (संस्कृत क्याम्पस) का प्राचार्य हेमनारायण कर्णले बताए। 

पर्वका अवसरमा प्राचीन मिथिलाका सबैजसो मठमन्दिरमा  विशेष भजन, कीर्तन र सत्संग आयोजन हुँदै आएका छन् । त्यसैगरी, सीताजी प्रकट भएको पौराणिक कथाका आधारमा यी  विषय समेटिएको भावका मंगलगान अहिले जताततै गुञ्जी रहेका छन् । पर्वका अवसरमा प्राचीन मिथिला अर्थात् विदेह राज्यको राजधानी मानिने जनकपुरधामका सबै मठमन्दिरमा जानकी नवमी पर्व उल्लासमय वातावरणमा मनाइँदै छ । 

यसैगरी, मटिहानीस्थित लक्ष्मीनारायण मठ, लक्ष्मीनारायण मन्दिर, जलेश्वरको ब्रह्मचारीकुटीस्थित रामजानकी मन्दिर, बर्दिबासस्थित रामजानकी मन्दिर र जिल्लाका सबैजसो मठमन्दिरमा जानकी नवमी पर्वका अवसरमा विशेष धार्मिक अनुष्ठान वैशाख शुक्लपक्ष सुरु भएसँगै हुँदै आएका छन् । 

पर्वका अवसरमा सीता जन्म कथा, सीता स्वयंवर, रामलीला र रासलीलासहितका कार्यक्रम मञ्चन हुँदै आएका छन् । पर्वमा वैशाख शुक्लपक्ष प्रारम्भसँगै प्रत्येक साँझ राजा जनकलाई पुत्रीलाभको बधाई कार्यक्रम आयोजन हुँदैछन् । आज साँझ मिथिलाक्षेत्रमा सन्ध्या दीपावली गरिने भएकाले सोहीअनुसार तयारी भइरहेको याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठका प्राचार्य कर्णले जानकारी दिए । 

“अघि त्रेतायुगमा तत्कालीन मिथिला राज्यमा अकाल पर्दा विद्वानहरूको सभाले राजा शिरध्वज जनकले सुनको हलोले राज्यका विभिन्न भेगमा जोते पानी पर्ने बताएपछि राजाले हलो जोत्ने क्रममा घडासहित सीताजी हलोको टुँडोले उप्किएको सियोमा प्रकट भएको विश्वास गरिन्छ”, उनले भने। 

सानैदेखि आफ्ना विशिष्ट गुणले आदर्श नारीको पहिचान बनाएकी सीताले विवाहपछि पनि बुहारी भएर गएकी अवधमा मिथिलाको महिमा बढाएकी रामायणसहितका पौराणिक ग्रन्थमा वर्णित छ ।

जानकी नवमी पर्वका अवसरमा व्रत बस्ने परम्परा छ । यो व्रत एक अहोरात्र बसेर भोलिपल्ट सांगता गरिन्छ । पर्वका अवसरमा मधेस प्रदेश सरकारले पछिल्ला केही वर्षयता वैशाख शुक्ल नवमीका दिन सार्वजनिक बिदा दिँदै आएको छ । यसपालि भने पर्व साप्ताहिक बिदाकै दिन शनिबार परेको छ ।

0 Comments