काठमाडौँ । नेपाल बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म २ अर्ब ७९ करोड २९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो रकम अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब ०.३४ प्रतिशतले बढी हो।
गत आर्थिक वर्षको यही अवधिमा बैंकले २ अर्ब ७८ करोड ३४ लाख रुपैयाँ नाफा कमाएको थियो।
बैंकले सार्वजनिक गरेको चालु आवको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार वितरणयोग्य मुनाफा ३२ करोड १३ लाख रुपैयाँ रहेको छ। वितरणयोग्य प्रतिशेयर आम्दानी २ रुपैयाँ ९२ पैसा कायम भएको बैंकले जनाएको छ।
यसैगरी, प्रतिशेयर आम्दानी २५ रुपैयाँ ३४ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ २७२ रुपैयाँ ७९ पैसा पुगेको छ।
बैंकको खराब कर्जा अनुपात ४.९६ प्रतिशत रहेको विवरणमा उल्लेख छ।
हाल १४ अर्ब ६९ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा २५ अर्ब ३९ करोड रुपैयाँ सञ्चित रहेको जनाएको छ।






