२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

धितो पत्र दोस्रो बजारमा स्थायित्व आवश्यक रहेको अर्थ मन्त्रालयको निष्कर्ष

अ+ अ-

काठमाडौँ । अर्थ मन्त्रालयले धितो पत्रको दोस्रो बजारमा देखिँदै आएको अस्थिरताले समग्र पुँजी बजारको विश्वसनीयतामा असर पारेको निष्कर्ष निकाल्दै बजार स्थायित्व अत्यावश्यक भएको जनाएको छ।

मन्त्रालयले वर्तमान आर्थिक अवस्थालाई ध्यानमा राख्दै दोस्रो बजारको कारोबारमा स्थिरता कायम गर्नुपर्ने आवश्यकता औँल्याएको छ। साथै पुँजी बजारको विस्तारका लागि उत्पादनमूलक उद्योगहरूलाई बजार प्रवेशमा प्रोत्साहन, गैरआवासीय नेपालीको लगानी आकर्षण तथा ऋणपत्र बजार विकासका लागि कानुनी सुधार तत्काल आवश्यक रहेको उल्लेख गरिएको छ।

त्यसैगरी, दोस्रो बजार कारोबारमा पारदर्शिता, विश्वसनीयता र स्थायित्व सुनिश्चित गर्नुपर्ने विषयलाई पनि मन्त्रालयले प्राथमिकतामा राखेको छ।

आर्थिक तथ्यांकअनुसार २०८२ फागुनसम्म पुँजी बजारमा २८६ कम्पनी सूचीकृत छन्। कारोबार संरचनामा इक्विटीको हिस्सा करिब ९९.४ प्रतिशत रहेको छ। सरकारी ऋणपत्र सूचीकृत हुने व्यवस्था भए पनि अपेक्षित कारोबार हुन सकेको छैन।

बजार पुँजीकरण २०७३ असारमा कुल गार्हस्थ्य उत्पादनको ७२.५ प्रतिशत रहेकोमा २०८२ फागुनसम्म बढेर ७७.७ प्रतिशत पुगेको छ।

त्यस्तै, बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरूको बजार हिस्सा २०७३ असारमा ८५ प्रतिशतभन्दा बढी रहेकामा २०८२ फागुनसम्म घटेर ५२.२ प्रतिशतमा सीमित भएको छ।

सरकार गठन हुनुअघि २०८२ चैत ११ गते नेप्से परिसूचक २ हजार ९५०।१६ बिन्दुमा रहेको तथ्य पनि मन्त्रालयले उल्लेख गरेको छ।

0 Comments