२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेकपामा कार्यविभाजनको प्रस्ताव : झलनाथ नीति प्रतिष्ठान प्रमुख र वामदेव उत्पादन विभागको जिम्मेवारीमा

अ+ अ-

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा केन्द्रीय तहको कार्यविभाजन प्रक्रिया तीव्र रूपमा अघि बढाइएको छ ।

जारी केन्द्रीय कार्यसंयोजक समिति बैठकमार्फत विभिन्न विभाग, प्रतिष्ठान तथा संगठनात्मक जिम्मेवारी टुंग्याउने तयारी गरिएको छ ।

पार्टी स्रोतका अनुसार अघिल्लो बैठकले प्रदेश इन्चार्ज र संयोजकहरूको जिम्मेवारी तय गरिसकेको छ भने आजको बैठकले प्रवक्तासहित प्रमुख विभागीय जिम्मेवारीबारे अन्तिम निर्णय गर्ने तयारी गरेको छ ।

कार्य विभाजनका लागि पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधवकुमार नेपाललगायत शीर्ष नेताहरूबीच आन्तरिक छलफल र गृहकार्य भइरहेको छ ।

प्रारम्भिक प्रस्ताव अनुसार प्रवक्ताको जिम्मेवारी प्रकाश ज्वालालाई दिने तयारी गरिएको छ । त्यसैगरी नीति तथा प्रतिष्ठान विभागको नेतृत्व झलनाथ खनाललाई दिने प्रस्ताव अघि सारिएको छ ।

उत्पादन विभाग प्रमुखको जिम्मेवारी वामदेव गौतमलाई दिने प्रस्ताव छ भने स्कुल विभाग प्रमुखमा वेदुराम भुसाल र विदेश विभाग प्रमुखमा प्रमेश हमाललाई तोक्ने विषयमा छलफल भएको जनाइएको छ ।

पार्टीका केही संगठनात्मक तथा अन्य विभागहरूमा भने अझै सहमति जुट्न बाँकी रहेको र बाँकी निर्णय आजको बैठकले टुंग्याउने अपेक्षा गरिएको नेताहरूले बताएका छन् ।

0 Comments