२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जिफन्टद्वारा नौ बुँदे घोषणापत्र सार्वजनिक

अ+ अ-

काठमाडौँ । अन्तर्राष्ट्रिय श्रमिक दिवसका सन्दर्भमा नेपाल ट्रेड युनियन महासंघ(जिफन्ट)ले नौ बुँदे घोषणापत्र सार्वजनिक गरेको छ ।

आज पत्रकार सम्मेलन गर्दै श्रमिकको हकहितका पक्षमा विभिन्न शीर्षकमा घोषणापत्र सार्वजनिक गरेको हो । जसअन्तर्गत सम्मानजनक पारिश्रमिक, सर्वकालीन सामाजिक सुरक्षा, पारिश्रमिकसहित इन्टर्नसिप र तालिम, सीप क्रान्ति, श्रमिक उद्योग सहकार्य, महिला श्रमिक सशक्तीकरण, आप्रवासी श्रमिक संरक्षणलगायत पक्षमा श्रमिकको अधिकार सुनिश्चित गर्ने कार्ययोजना जिफन्टले घोषणापत्रमा उल्लेख गरेको छ ।

ट्रेड युनियन आन्दोलनलाई गति दिन जिफन्टले उत्पादक, शक्तिको विकास, प्रविधिमैत्री श्रमिक आन्दोलन, राष्ट्रिय समृद्धि र श्रमिक हित सहितको एकतालाई वैचारिक आधारका रूपमा लिएको जनाएको छ ।

त्यस्तै, जिफन्टले नेपाल ट्रेड युनियन आन्दोलनले वर्तमान अवस्थामा सामना गर्नुपर्ने चुनौतीमध्ये, स्वचालन र कृत्रिम बुद्धिमत्ता ९एआई०, बसाइसराइ, बढ्दो महँगी र ज्याला स्थिरता, ट्रेड युनियन सान्दर्भिकताको अध्ययन र विश्लेषण गर्नुपर्ने बताएको छ । पत्रकार सम्मेलनमा जिफन्टका अध्यक्ष विनोद श्रेष्ठले मे दिवसका सन्दर्भमा नयाँ आयामका साथ श्रमिकको पक्षमा अभियान सुरु गरिने जानकारी दिए ।

उनका अनुसार श्रमिकको हकअधिकारका बारे सूचना लेखिएको करिब १५ लाख पर्चा घरदैलोमा पुर्‍याउनाका साथै मे दिवसको दिन मे १ तारिखमा काठमाडौँमा बृहत् र्‍याली गरिने समेत बताए। “श्रमिकको पारिश्रमिकसँगै उहाँहरूको अधिकारको कार्यान्वयन पक्ष के कति छ भनेर बहस गर्ने बेला आएको छ,” उनले भने, “हामीले नयाँ शैलीबाट युवा पुस्तालाई समेट्दै श्रमिक आवाज बलियो बनाउने तयारीमा छौँ ।”

0 Comments