२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इन्धन मूल्यवृद्धि र शुल्क संरचनाले हवाई सेवा सञ्चालनमा दबाब, राहत माग गर्दै वायुसेवा कम्पनीहरू

अ+ अ-

काठमाडौँ । आन्तरिक उडान सञ्चालन गर्दै आएका निजी वायुसेवा कम्पनीहरूले हवाई इन्धनको मूल्य निरन्तर वृद्धि हुँदा सेवा प्रवाह नै प्रभावित हुने अवस्था सिर्जना भएको बताएका छन्।

वायुसेवा सञ्चालक संघले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्कराज पौडेल (गनेश)लाई पत्राचार गर्दै वर्तमान परिस्थितिमा कम्पनीहरूलाई तत्काल राहत तथा सहुलियत उपलब्ध गराउन आग्रह गरेको छ।

संघका अनुसार कोरोना महामारी, २३ र २४ भदौमा भएको जेन जेड आन्दोलन तथा मध्यपूर्वमा जारी द्वन्द्वका कारण अन्तर्राष्ट्रिय आपूर्ति शृंखला प्रभावित भई हवाई इन्धन मूल्यमा उल्लेख्य वृद्धि भएको छ।

इन्धन लागत बढेसँगै वायुसेवा कम्पनीहरूको सञ्चालन खर्च असामान्य रूपमा वृद्धि भएको र त्यसको प्रत्यक्ष असर पर्यटक आगमनमा समेत देखिएको पत्रमा उल्लेख छ।

वर्तमान अवस्थामा कुल सञ्चालन खर्चको करिब ५५ देखि ६० प्रतिशतसम्म इन्धन तथा सम्बन्धित खर्चमा जाने अवस्था बनेको तथा व्यावसायिक आम्दानीमा गिरावट आएको वायुसेवा कम्पनीहरूको दाबी छ।

संघले हालको परिस्थितिमा वायुसेवा कम्पनीहरू आर्थिक दबाबमा परेर सेवा निरन्तरता नै चुनौतीपूर्ण बन्दै गएको भन्दै ध्यानाकर्षण गराएको छ।

त्यसैगरी नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गत लाग्ने ल्यान्डिङ, पार्किङ, नेभिगेसन, हाउजिङ तथा अन्य सेवा शुल्कमा कम्तीमा ५० प्रतिशत छुट दिनुपर्ने माग गरिएको छ। विमानस्थल सेवा शुल्क नियमावली संशोधन गरी दर पुनरावलोकन गर्नुपर्ने प्रस्ताव पनि अघि सारिएको छ।

कम्पनीहरूले आफूहरूलाई विशेष उद्योगको रूपमा मान्यता दिई आयकर ऐनअनुसार उपलब्ध हुनुपर्ने २० प्रतिशत कर छुट लागू गर्नुपर्ने मागसमेत गरेका छन्।

साथै हाल अमेरिकी डलरमा असुल गरिँदै आएको सेवा शुल्कलाई नेपाली मुद्रामा निर्धारण गर्नुपर्ने सुझाव पनि वायुसेवा कम्पनीहरूले प्रस्तुत गरेका छन्।

0 Comments