२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्थानीय तह निर्वाचन लक्षित तयारीमा रास्वपा, उम्मेदवारका लागि प्रशिक्षण अनिवार्य

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनका लागि पार्टीबाट उम्मेदवारी दिन चाहने व्यक्तिले ‘क्यान्डिडेट क्लब’ र ‘लिडरसिप एकेडेमी’ प्रक्रिया पूरा गरी उत्तीर्ण हुनुपर्ने व्यवस्था गर्ने निर्णय गरेको छ।

पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकपछि प्रवक्ता मनिष झाले उक्त निर्णयबारे जानकारी दिएका हुन्। उनका अनुसार सम्भावित उम्मेदवारको संख्या बढी हुने अनुमानका कारण छनोट प्रक्रियालाई व्यवस्थित, पारदर्शी र मापदण्डमा आधारित बनाउन यस्तो संरचना अपनाइएको हो।

रास्वपाले उम्मेदवार तयारी तथा मूल्याङ्कनका लागि ‘क्यान्डिडेट क्लब’ गठन गरिसकेको छ। यसअघि बसेको संसदीय दलको बैठकले स्थानीय तह निर्वाचन उम्मेदवार छनोटसम्बन्धी कार्ययोजना तयार पार्दै त्यसको कार्यान्वयनका लागि सम्पादन समिति पनि गठन गरेको थियो।

समितिको संयोजकमा सहमहामन्त्री विपिनकुमार आचार्यलाई जिम्मेवारी दिइएको छ भने सचिवको जिम्मेवारी केन्द्रीय सदस्य रामकुमार (आरके) ढुंगानालाई तोकिएको छ। समितिमा संघीय सांसदसहित थप पाँच सदस्य समावेश छन्।

रास्वपाले आगामी स्थानीय तह निर्वाचनको तयारी समयमै सुरु गरेको जनाएको छ। २०७९ वैशाखमा सम्पन्न स्थानीय निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिको पाँचवर्षे कार्यकाल २०८४ मा समाप्त हुने भएकाले त्यसअघिको रणनीतिक तयारी अहिलेबाटै अघि बढाइएको पार्टीको भनाइ छ।

पार्टीले स्थानीय तह र प्रदेश सभा निर्वाचनलाई समन्वित रूपमा तयारी गर्ने लक्ष्यसहित संगठन, नेतृत्व विकास र उम्मेदवार छनोट प्रक्रिया अघि बढाएको जनाएको छ।

0 Comments