२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बुढानीलकण्ठका खोला किनारका सरकारी जग्गा खाली गरिँदै, अतिक्रमित जग्गा आजै खाली गरिसक्ने(भिडियोसहित)

अ+ अ-

काठमाडौँ । बुढानीलकण्ठ नगरपालिकाका विभिन्न वडामा खोला आसपासका सरकारी जग्गा खाली गराउने कार्य सुरु गरिएको छ । वडा नं. १०, ११ र १२ अन्तर्गतका क्षेत्रमा हिजोदेखि अभियान सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाका अनुसार कपन गुम्बा आसपास, तेनजिङ चोक, साततले तथा पाथिभरा बस्ती क्षेत्रमा रहेका संरचना हटाएर सरकारी जग्गा खाली गरिएको छ । उक्त कार्य आजै सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

संघीय सरकारले सार्वजनिक सम्पत्तिको संरक्षण तथा अतिक्रमण नियन्त्रणका लागि अभियान अघि बढाएसँगै देशभरका स्थानीय तहहरूले सार्वजनिक जग्गा संरक्षणलाई प्राथमिकतामा राख्दै अभियानलाई तीव्रता दिएका छन् । विशेष गरी उपत्यकाका केही स्थानीय तहहरूले सक्रियतासाथ अतिक्रमण हटाई सरकारी जग्गा संरक्षणमा जुटेका छन् । यस क्रममा खोला किनारका क्षेत्रमा रहेका अस्थायी तथा अवैध संरचना हटाइएको जनाइएको छ ।

बुढानीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौलाका अनुसार खोला आसपासका सरकारी जग्गा अतिक्रमणमुक्त गराउने अभियान जारी रहेको छ । “सरकारी जग्गा मिचेर बनाइएका संरचना सम्भव भएसम्म आजसम्म खाली गरिसक्ने लक्ष्य राखेका छौँ,” उनले भनेका छन् ।

उनले सार्वजनिक जग्गा संरक्षण र जोखिम न्यूनीकरणलाई ध्यानमा राख्दै अभियान सञ्चालन गरिएको बताए । “खोला किनारमा बसोबास गर्दा बाढी तथा अन्य जोखिम बढ्ने भएकाले व्यवस्थापन आवश्यक थियो,” बर्तौलाले भनेका छन् ।

नगरपालिकाले आगामी दिनमा पनि अतिक्रमण नियन्त्रण र सार्वजनिक जग्गा संरक्षणसम्बन्धी अभियानलाई निरन्तरता दिने जनाएको छ ।

0 Comments