२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

१० वर्षदेखि तलब तथा ज्याला नपाएको भन्दै कर्मचारीहरूद्वारा करिब ३ करोड रुपैयाँ भुक्तानीको माग

अ+ अ-

काठमाडौँ । देशको पुरानो औद्योगिक प्रतिष्ठान विराटनगर जुट मिलमा कार्यरत श्रमिक तथा कर्मचारीहरूले लामो समयदेखि रोकिएको पारिश्रमिक भुक्तानीको माग गर्दै सरकारसमक्ष औपचारिक ज्ञापन पत्र बुझाएका छन्।

सरकारले मिलको जग्गामा रहेका अव्यवस्थित बस्ती व्यवस्थापनका लागि प्रक्रिया अघि बढाइरहेका बेला त्यहाँ कार्यरत ४६ जना श्रमिकले जिल्ला प्रशासन कार्यालय मोरङमार्फत आफ्नो बाँकी ज्याला उपलब्ध गराउन ध्यानाकर्षण गराएका हुन्।

श्रमिकहरूले करिब १० वर्षदेखि तलब तथा ज्याला नपाएको भन्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई सम्बोधन गरी सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालामार्फत ज्ञापन पत्र पेश गरेका छन्।

उनीहरूको दाबी अनुसार २०७३ साल जेठदेखि २०७७ साल मंसिरसम्मको अवधिमा काम गरे बापतको पारिश्रमिक अहिलेसम्म प्राप्त भएको छैन। सो विवरण लेखा परीक्षण प्रतिवेदनमा समेत उल्लेख रहेको बताइएको छ।

ज्ञापन पत्रमा कुल ३ करोड २ लाख ९३ हजार ९ सय २३ रुपैयाँ २२ पैसाको बक्यौता भुक्तानी हुनुपर्ने माग गरिएको छ।

यसअघि श्रमिकहरूले आफ्नो पारिश्रमिक नपाएको विषयमा श्रम कार्यालय मोरङमा उजुरी दिएका थिए। सो उजुरीमाथि २०७६ साल पुस १८ गते नै श्रम कार्यालयले श्रमिकको पक्षमा निर्णय दिएको जनाइएको छ।

त्यसपछि विराटनगर जुट मिलको साधारण सभाले पनि श्रमिकको बक्यौता भुक्तानी गर्ने निर्णय अनुमोदन गरेको थियो। हालै सम्पन्न २०८२ सालको चैत महिनाको साधारण सभाले समेत उक्त रकम भुक्तानी गर्ने निर्णयलाई पुनः पुष्टि गरेको श्रमिक पक्षले जनाएको छ।

0 Comments