२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पाहुनालाई कोसेली कोदोको बिस्कुट

अ+ अ-

मंगलबारे । इलामको माईजोगमाई गाउँपालिकाले रैथाने बाली संरक्षण गर्न कोदोको पिठोबाट बिस्कुट बनाउने पालिकावासीलाई अनुदान दिन थालेको छ । उपाध्यक्षसँग युवा उद्यमी कार्यक्रमअन्तर्गत पालिकावासीलाई अनुदान दिन सुरु गरेको हो ।

अनुदान पाएर हाल एक जना महिलाले गाउँपालिकाको नयाँ बजारमा कोदो पिठोबाट बिस्कुट उत्पादन गर्न थालेका छन् । नयाँ बजारकी पार्वती भट्टराईले कोदोको पिठोबाट बिस्कुट उत्पादन सुरु गरेको हो । ‘ओभन मेसिन’मा पकाएर कोदोको पिठोबाट बिस्कुट उत्पादन सुरु गरेको उनको भनाइ छ ।

उद्यमी भट्टराईले उद्योग नै सञ्चालन गरेर यसको उत्पादन सुरु गरेका हुन् । भट्टराई ‘कोदोको बिस्कुट तथा बेकरी उद्योग’ नाम दिएर उद्योग स्थापना गरेको उनले बताए तयारी कोदो फल्ने, पिस्ने र मह वा चिनी एवं केही मैदा मिसाएर गोलो आकारको बनाएर ओभन मेसिनमा पकाएपछि ड्रायरमा सुकाएर यसलाई तयार गर्ने गरिएको छ । उत्पादन सुरु भरेको भर्खरै मात्र भएर हाल स्थानीय बजारका साथै घुम्न आउने पर्यटक र पाहुनाहरूले कोसेलीका रूपमा बिस्कुट लैजाने गरेको उनको भनाइ छ ।

माईजोगमाई गाउँपालिकाद्वारा सञ्चालित उपाध्यक्षसँग युवा उद्यमी कार्यक्रमअन्तर्गत अनुदानमार्फत आफूले सो उद्योग स्थापना गरेको सञ्चालक भट्टराईको भनाइ छ । कोदोको परिकार शक्तिवद्र्धक मानिन्छ । यसमा मिसाइने गुलियो या मह चिनी, उखुको खुदोले अझ मिठोपन दिने गर्दछ ।

सँगै भट्टराईले पाउरोटीलगायतका परिकारसमेत निर्माण गर्ने गरेका छन्। तयार गरेको कोदोको बिस्कुट उपभोक्ताले रुचाउने गरेको उनी बताउँछिन् । स्वास्थ्यका लागि समेत राम्रो भएपछि यसलाई विस्तार गर्ने सोचमा रहेको सञ्चालक भट्टराई बताउँछिन् । मागका आधारमा बिस्कुट उत्पादन गरी बिक्री गर्दै आएकोसमेत उनको भनाइ छ ।

गाउँपालिकाले सहयोग गरेको यो कार्यक्रमले स्थानीयस्तरमा कोदाको समेत ‘ब्रान्डिङ’ हुने अपेक्षा लिइएको गाउँपालिका अध्यक्ष कुशबहादुर थेबेले बताए । उनले बिस्कुट बनाउन थालेपछि कोदोलाई ‘ब्रान्ड’ बनाउन सकिने सम्भावनादेखिको उल्लेख गरे । पछिल्लो समय कोदोखेती गर्ने किसानको सङ्ख्या घट्दै गएपछि यसको उत्पादनसमेत कम हुँदै आएको छ । गाउँमै उद्योग स्थापना गरी बिस्कुट उत्पादन गरेर बजारीकरण गर्दा कोदो उत्पादन गर्ने किसानको सङ्ख्यासमेत वृद्धि हुने र उत्पादनसँगै किसानलाई फाइदा पुग्ने गाउँपालिका अध्यक्षको भनाइ छ ।

उपाध्यक्षसँग युवा उद्यमी कार्यक्रमले नेपालमा नै केही गर्न चाहने युवाहरूलाई सहयोग गर्ने गाउँपालिकाकी उपाध्यक्ष प्रवीना राईले बताइन् । उनका अनुसार उद्योग स्थापना गर्न गाउँपालिकाले नै सहयोग गरेको छ । गाउँपालिकाले औजार खरिदमा सहयोग गरेको जनाइएको छ । विभिन्न वडामा रहेका युवाहरूलाई काममा जोड्न र आत्मनिर्भर बनाउन यो कार्यक्रम सञ्चालन गरेको जानकारी दिइन् ।

उनले यो कार्यक्रम प्रभावकारी रूपमा अगाडि बढाउन सके गाउँपालिकाले थप सहयोग गर्ने बताउँदै व्यावसायिक तरिकाले काम गर्न सुझाव दिइन् । युवा तथा उद्यम गर्न चाहानेहरुले नयाँ र रचनात्मक हिसाबले काम गरे उद्योग सञ्चालकलाई मात्र नभएर सिंगो गाउँपालिकालाई नै फाइदा मिल्ने उनको भनाइ छ । वस्तु उत्पादनमा मात्र नभएर उत्पादित वस्तु बजारसम्म लैजानसमेत गाउँपालिकाको सहयोग आवश्यक छ ।

0 Comments