तनहुँ । नेपाल प्रहरीले ३२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ ।
भानु नगरपालिका-११ फेदी बस्ने ५१ वर्षीय सानु कान्छा भन्ने शम्भु लाल सार्कीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार शम्भुले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी रुपाकोटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।







