२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्वास्थ्य मन्त्री मेहतासँग बेलायती राजदूतको शिष्टाचार भेट

अ+ अ-

काठमाडौँ। स्वास्थ्य, जनसङ्ख्या तथा खानेपानी मन्त्री निशा मेहतासँग नेपालका लागि बेलायती राजदूत रोब फेनले आज शिष्टाचार भेटवार्ता गरेका छन्।

मन्त्रालयमा आयोजित भेटवार्तामा मन्त्री मेहताले नेपालको स्वास्थ्य प्रणाली सुदृढीकरणमा बेलायत सरकारबाट प्राप्त सहयोगप्रति धन्यवाद व्यक्त गर्दै दुई देशबीचको आपसी सहकार्यले द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरिन् । 

उनले वर्तमान सरकारले अघि सारेको १०० बुँदे शासकीय सुधार कार्य योजनाको मार्गचित्रमार्फत सुशासन, पारदर्शिता र प्रभावकारी सार्वजनिक सेवा प्रवाहलाई प्राथमिकतामा राखेको बताइन्।

मन्त्री मेहताले खोप तथा प्रतिरक्षाका लागि विश्वव्यापी गठबन्धन, एड्स, क्षयरोग तथा मलेरियाविरुद्धको विश्व कोष र प्रतिजैविक प्रतिरोधविरुद्धको कार्यक्रमजस्ता बहुपक्षीय कार्यक्रममार्फत प्राप्त सहयोगका लागि धन्यवाद व्यक्त गर्दै आगामी दिनमा बेलायतसँगको साझेदारी अझ सशक्त र जनमुखी हुने विश्वास व्यक्त गरिन् ।

भेटका क्रममा राजदूत फेनले नेपालको स्वास्थ्य प्रणाली सुदृढीकरणका लागि बेलायत सरकारको सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गरेका छन्। 

0 Comments