२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डोल्पामा माटोको क्षारीयता बढ्दो, कृषकलाई माटो स्वास्थ्य व्यवस्थापनमा अभिमुखीकरण

अ+ अ-

काठमाडौँ । हिमाली जिल्ला डोल्पाका विभिन्न स्थानीय तहमा गरिएको माटो परीक्षणबाट अधिकांश खेतीयोग्य जमिन क्षारीय प्रकृतितर्फ उन्मुख रहेको तथ्य सार्वजनिक भएको छ ।

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम अन्तर्गत कार्यक्रम कार्यान्वयन एकाइ डोल्पाले आर्थिक वर्ष २०८२-८३ मा सञ्चालन गरेको ‘माटो परीक्षण तथा माटो स्वास्थ्य व्यवस्थापन’ कार्यक्रममार्फत गरिएको अध्ययनमा यस्तो अवस्था देखिएको हो ।

कार्यक्रम कार्यान्वयन एकाइका अनुसार माटोमा प्रांगारिक पदार्थको कमी, रासायनिक मलको असन्तुलित प्रयोग, भू-क्षय तथा लामो समयसम्म एउटै बाली लगाइरहने प्रवृत्तिका कारण माटोको उर्वराशक्ति घट्दै गएको पाइएको छ । सोही अवस्थालाई मध्यनजर गर्दै माटो परीक्षण र स्वास्थ्य व्यवस्थापनलाई प्राथमिकता दिइएको जनाइएको छ ।

मुड्केचुला गाउँपालिका, काइके गाउँपालिका, त्रिपुरासुन्दरी नगरपालिका तथा ठूलीभेरी नगरपालिकाबाट संकलित नमूनाको परीक्षण गरिएको थियो । परीक्षणका क्रममा माटोको पिएचसहित नाइट्रोजन, फस्फोरस र पोटासको अवस्था विश्लेषण गरिएको एकाइले जनाएको छ ।

कुल ७६ वटा नमूनाको परीक्षण गर्दा ४६ नमूना क्षारीय, २४ तटस्थ र ६ अम्लीय प्रकृतिका भेटिएको जानकारी दिइएको छ । परीक्षण परिणामअनुसार अधिकांश स्थानमा फस्फोरसको मात्रा उच्च देखिएको छ भने नाइट्रोजन मध्यम स्तरमा रहेको पाइएको छ ।

कार्यक्रम कार्यान्वयन एकाइले डोल्पाको भौगोलिक अवस्था र सुख्खा हावापानीका कारण माटो संरक्षण तथा व्यवस्थापन थप चुनौतीपूर्ण बन्दै गएको उल्लेख गरेको छ । विशेष गरी स्याउ र सिमी जस्ता बालीको उत्पादन वृद्धि तथा गुणस्तर कायम राख्न सन्तुलित माटो व्यवस्थापन आवश्यक रहेको जनाइएको छ ।

कार्यक्रमअन्तर्गत कृषकलाई माटो स्वास्थ्य संरक्षण, प्रांगारिक मलको प्रयोग, हरियो मल, बालीचक्र तथा माटो संरक्षणसम्बन्धी अभिमुखीकरणसमेत प्रदान गरिएको छ । साथै माटो परीक्षणका आधारमा कृषकलाई माटो स्वास्थ्य कार्ड वितरण गर्ने तयारी गरिएको कार्यक्रम कार्यान्वयन एकाइले जनाएको छ ।

कृषि प्राविधिकहरूका अनुसार क्षारीय माटो सुधारका लागि प्रांगारिक मल, कम्पोष्ट, हरियो मल, जिप्सम तथा सल्फरको प्रयोग प्रभावकारी मानिन्छ । भू-क्षय नियन्त्रण, चिस्यान संरक्षण, छापो प्रयोग तथा बालीचक्रको अभ्यासले माटोको गुणस्तर सुधारमा सहयोग पुग्ने उनीहरूको भनाइ छ ।

0 Comments