२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘जीवनी लेख्ने उद्देश्यमा सीमित नभई इतिहास निर्माण गर्ने दिशामा केन्द्रित छौँ : रवि लामिछाने

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो राजनीतिक अभियान व्यक्तिगत जीवनी लेख्ने उद्देश्यमा सीमित नभई इतिहास निर्माण गर्ने दिशामा केन्द्रित रहेको बताएका छन्।

पार्टीका सांसदहरूका लागि आयोजना गरिएको दुई दिने प्रशिक्षण कार्यक्रमको समापन सत्रलाई सम्बोधन गर्दै उनले राजनीतिक नेतृत्वको सार केवल पद प्राप्तिमा नभई देशलाई कस्तो दिशा दिइन्छ भन्ने विषयमा निर्भर रहने धारणा व्यक्त गरे।

उनका अनुसार सरकारमा मन्त्री, प्रधानमन्त्री वा अन्य जिम्मेवारीमा पुग्नु मात्र प्रमुख विषय होइन, बरु राज्य सञ्चालनमार्फत कस्तो नेतृत्व स्थापित गरिन्छ भन्ने कुरा बढी महत्वपूर्ण हुन्छ। लामिछानेले आफ्नो उद्देश्य कुनै पदमा पुग्ने नभई दीर्घकालीन प्रभाव पार्ने राजनीतिक अभ्यास निर्माण गर्नु रहेको स्पष्ट पारे।

सभापति लामिछानेले आफू व्यक्तिगत जीवनीलाई प्राथमिकतामा राखेर राजनीति अघि बढाइरहेको भन्ने बुझाइ गलत भएको उल्लेख गर्दै आफ्नो ध्यान ऐतिहासिक परिवर्तनतर्फ केन्द्रित रहेको बताए। उनका अनुसार अहिलेको राजनीतिक यात्रा व्यक्तिगत पहिचानभन्दा माथि उठेर संरचनागत परिवर्तनसँग जोडिएको छ।

उनले रास्वपाका सांसदहरूलाई नयाँ भए पनि निरन्तर सिकाइ र अनुभव आदानप्रदानलाई जीवनको महत्वपूर्ण प्रक्रिया मान्नुपर्नेमा जोड दिए। साथै, विश्व राजनीतिमा देखिएको परिवर्तनसँगै पार्टीको उदय भएको उल्लेख गर्दै वर्तमान राजनीतिक अवस्था नयाँ किसिमको अभ्यासका लागि अवसर भएको बताए।

लामिछानेका अनुसार समाजमा परिवर्तन निरन्तर प्रक्रिया हो र त्यसैको एक रूपका रूपमा आफूहरूले राजनीतिक हस्तक्षेप गरेको हो। उनले संसदीय अभ्यासलाई मर्यादित, प्रभावकारी र जिम्मेवार बनाउनुपर्ने आवश्यकता रहेको पनि दोहोर्‍याए।

0 Comments