२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोशी कोरिडोरअन्तर्गतको १०.८१ किलोमिटर सडक खण्ड नेपाली सेनाद्वारा हस्तान्तरण

अ+ अ-

काठमाडौँ । नेपाली सेनाले राष्ट्रिय गौरवको आयोजना कोशी कोरिडोरअन्तर्गत संखुवासभाको खाँदवारी-किमाथांका सडक खण्डमा पर्ने कठिन चट्टानी भागको निर्माण कार्य सम्पन्न गरी नेपाल सरकारलाई हस्तान्तरण गरेको छ ।

नेपाल सरकार मन्त्रिपरिषद्को २०७६ भदौ २२ गतेको निर्णय अनुसार संखुवासभाको भोटखोला गाउँपालिकाअन्तर्गत च्याम्ताङ्गदेखि घोङ्घप्पासम्मको कडा चट्टानी क्षेत्र निर्माण गर्ने जिम्मेवारी नेपाली सेनालाई दिइएको थियो । भौगोलिक विकटता तथा कडा चट्टानी भू-भागका कारण निजी क्षेत्रबाट निर्माण गर्न कठिन भएपछि सरकारले उक्त जिम्मेवारी नेपाली सेनालाई दिएको थियो ।

सुरुमा १४ किलोमिटर सडक निर्माण गर्ने लक्ष्य राखिएको भए पनि सडकको ‘अलाइनमेन्ट’ सुधार गरिएपछि अन्तिम लम्बाइ १०.८१ किलोमिटर कायम गरिएको थियो । सडक निर्माणका लागि आवश्यक उपकरण तथा जनशक्तिलाई हेलिकप्टरमार्फत ‘हेलिलिफ्ट’ गरेर कार्यस्थलमा पुर्‍याइएको थियो । ट्र्याक खोल्ने कार्य २०७७ फागुन १४ गतेबाट सुरु भएकोमा २०८२ चैत ३० गते पूर्ण रूपमा सम्पन्न भएको नेपाली सेनाले जनाएको छ ।

निर्माण सम्पन्न भएको उक्त सडक खण्ड २०८३ वैशाख २८ गते खाँदवारीस्थित इन्द्रदल गुल्ममा आयोजित कार्यक्रममा औपचारिक रूपमा हस्तान्तरण गरिएको हो । कार्यक्रममा आयोजनाका प्रमुख तथा नेपाली सेनाका प्रमुख सेनानी शमशेर बहादुर सिंहले उत्तर–दक्षिण सडक योजनाका प्रमुख उपसचिव (प्रा.) राम बहादुर गुरुङलाई सडक हस्तान्तरण गरेका छन् ।

हस्तान्तरण कार्यक्रममा खाँदवारी नगरपालिकाका प्रमुख महेश थपलिया, सहायक प्रमुख जिल्ला अधिकारी सुमन कुमार कार्की, रक्षा मन्त्रालयका उपसचिवहरू रामेश्वर पोखरेल र प्रेम प्रसाद न्यौपानेसहित स्थानीय जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुख तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।

उक्त सडक खण्ड निर्माण सम्पन्न भएसँगै नेपालको उत्तर-दक्षिण सडक सञ्जाल विस्तारमा कोशी कोरिडोरमार्फत थप प्रगति हुने अपेक्षा गरिएको छ । यसले चीनसँगको व्यापारिक पहुँच तथा आवागमन सहज बनाउन सहयोग पुग्ने विश्वाससमेत गरिएको छ ।

0 Comments