२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अख्तियार प्रमुखलाई धम्की दिएको आरोपमा क्यानका पूर्वमहानिर्देशकसहित तीन जनाविरुद्ध अभियोग दर्ता

अ+ अ-

काठमाडौँ । आतंकवादी समूह ‘इजीएन’को नाम प्रयोग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई ज्यान मार्ने धम्की दिएको आरोपमा जिल्ला प्रहरी परिसर काठमाडौँले क्यानका तत्कालीन महानिर्देशक प्रदीप अधिकारीसहित तीन जनाविरुद्ध अभियोग दर्ता गरेको छ ।

परिसरले सोमबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार प्रतिवादी प्रकाश पाठक, प्रदीप अधिकारी र तारा प्रसाद खरेलविरुद्ध आपराधिक लाभ (एक्सटर्सन), आपराधिक षड्यन्त्र, हुन्डी कारोबार, विद्युतीय (इलेक्ट्रोनिक्स) कारोबार ऐन र संगठित अपराध निवारण ऐनअन्तर्गत कसुरमा अनुसन्धानपछि अभियोग दर्ता गरिएको हो ।

परिसरका अनुसार काभ्रेको तेमाल गाउँपालिका-१ स्थायी घर भई हाल फिलिपिन्समा बस्दै आएका ३८ वर्षीय प्रकाश पाठक, चितवनको देवनगर नगरपालिका स्थायी घर भई हाल ललितपुर महानगरपालिका-१५ बस्ने ५४ वर्षीय प्रदीप अधिकारी तथा झापाको बुद्धशान्ति गाउँपालिका-२ स्थायी घर भएका ५९ वर्षीय तारा प्रसाद खरेलविरुद्ध अभियोग दर्ता गरिएको हो ।

प्रहरीका अनुसार उनीहरूले संगठित रूपमा अख्तियार प्रमुख राईलाई ‘इजीएन’ नामक आतंकवादी समूहको नाम प्रयोग गरी पत्र, ह्वाट्सएप नम्बर तथा भिडिओमार्फत राजीनामा दिन दबाब दिएका थिए । राजीनामा नदिए ज्यानै लिने धम्की दिँदै आपराधिक लाभ लिन खोजिएको प्रहरीको दाबी छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार प्रकाश पाठकविरुद्ध मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत आपराधिक षड्यन्त्र, आपराधिक लाभ लिन नहुने तथा हुन्डीसम्बन्धी कारोबार गर्न नहुने कसुरमा अभियोग लगाइएको छ । उनीविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ र संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गत पनि कसुर दाबी गरिएको छ ।

त्यस्तै, प्रदीप अधिकारीविरुद्ध पनि आपराधिक षड्यन्त्र, आपराधिक लाभ, हुन्डी कारोबार तथा संगठित अपराधसम्बन्धी कसुरमा अभियोग दर्ता गरिएको परिसरले जनाएको छ । 

तारा प्रसाद खरेलविरुद्ध आपराधिक लाभ लिन लगाउने, हुन्डी कारोबार तथा संगठित अपराधसम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार अर्जुनबहादुर शाही, नवीन बस्नेत, जगतदेव गुरुङ, सत्य किनेरा, प्रमोद रेग्मी, चाँदमाला श्रेष्ठ, जेनु थापा, रवि सिंखडा लगायत अन्य व्यक्तिको संलग्नताबारे समेत थप अनुसन्धान भइरहेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँले तीनै प्रतिवादी अन्य थप कसुरमा पनि संलग्न रहेको खुल्न आएको उल्लेख गर्दै मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३५ बमोजिम छुट्टै अनुसन्धान प्रतिवेदन पेश गरिएको जनाएको छ ।

0 Comments