काठमाडौँ । प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीको अनुपस्थितिलाई लिएर विपक्षी सांसदहरूले विरोध जनाएपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ।
आजको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफल सकिएपछि सभामुखले जवाफका लागि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई समय दिएपछि विपक्षी सांसदहरू आसनबाट उठेर आपत्ति जनाएका थिए। उनीहरूले प्रधानमन्त्री स्वयं उपस्थित भएर जवाफ दिनुपर्ने अडान राख्दै बैठक अवरुद्ध गरेका थिए।
सत्तापक्ष र विपक्षी सांसदहरूले दिनभर छलफलमा भाग लिए पनि अन्तिम चरणमा प्रधानमन्त्रीले जवाफ नदिएको भन्दै असन्तुष्टि देखिएको थियो।







