काठमाडौँ । भारतीय युवा क्रिकेटर वैभव सूर्यवंशीले यूएईविरुद्धको एक दिवसीय खेलमा ५२ बलमै दोहोरो शतक पूरा गरेका छन् ।
कतारमा जारी एसीसी राइजिङ स्टार्स कपअन्तर्गत भारत ‘ए’बाट खेलेका सूर्यवंशीले २८ छक्का र सात चौकासहित २०४ रन बनाए ।
युएईले दिएको २५० रनको लक्ष्य पछ्याउने क्रममा सूर्यवंशीले पहिलो ओभरमै तीन छक्का प्रहार गरेका थिए । उनले आफ्नो कुल रनमध्ये १९६ रन चौका र छक्काबाटै जोडे ।
आक्रामक ब्याटिङ गरेका सूर्यवंशी २९औँ छक्का प्रहार गर्ने प्रयासमा आउट भएका थिए ।
यस प्रदर्शनसँगै सूर्यवंशीले लिस्ट ‘ए’ क्रिकेटमा सबैभन्दा कम बलमा शतक र दोहोरो शतक पूरा गर्ने विश्व कीर्तिमान बनाएका छन् । एकै इनिङमा सर्वाधिक छक्का प्रहार गर्ने कीर्तिमान पनि उनले आफ्नो नाममा गरेका छन् ।






