८ मंसिर २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘स्थानीय निर्वाचनमा उम्मेदवारको काम र पृष्ठभूमिले मत निर्धारण गर्छ’ : ‘प्रचण्ड’

प्रतिनिधि सभा निर्वाचनको राजनीतिक प्रभाव स्थानीय तहमा उस्तै नरहने दाबी गर्दै स्थानीय निर्वाचनको तयारीमा सक्रियतापूर्वक जुट्न कार्यकर्तालाई निर्देशन ।

अ अ+ अ-

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको निर्वाचनमा उम्मेदवारको विगत, पृष्ठभूमि र कामका आधारमा मतदाताले निर्णय गर्ने बताएका छन् ।

मङ्गलबार तनहुँमा पार्टीको जागरण अभियानअन्तर्गत आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले प्रतिनिधिसभा निर्वाचनको राजनीतिक प्रभाव स्थानीय तहमा पनि उस्तै रहने अवस्था नरहेको जिकिर गरे ।

स्थानीय तहमा मतदाता उम्मेदवारको व्यक्तिगत तथा सामाजिक पृष्ठभूमिसँग परिचित हुने भएकाले प्रतिनिधिसभा निर्वाचनभन्दा फरक परिस्थिति रहने उनको भनाइ छ ।

‘स्थानीय तहमा पहिलाको जस्तो हुरी बतास आउन सम्भव छैन । स्थानीय तहमा संघको जस्तो जसलाई हाले पनि हुने भनेर हुँदैन । सबैलाई थाहा हुन्छ, आफ्ना आफन्त, नातागोता कोको छन्,’ दाहालले भने ।

नयाँ राजनीतिक दलका गतिविधिबारे नागरिकले क्रमशः बुझ्दै गएको उल्लेख गर्दै उनले ग्रामीण क्षेत्रमा पनि त्यसबारे जानकारी गराउनुपर्ने बताए । स्थानीय निर्वाचनमा राम्रो परिणाम हासिल गर्न पार्टीका नेता तथा कार्यकर्ता सक्रियतापूर्वक परिचालित हुनुपर्नेमा उनले जोड दिए ।

स्थानीय तहको निर्वाचनमा पार्टीले राम्रो परिणाम हासिल गरे मुलुक पुनः क्रान्तिको दिशामा अघि बढ्ने दाबीसमेत दाहालले गरे ।

‘स्थानीय तहमा राम्रो परिणाम निकाल्यौँ भने क्रान्तितिर देश फेरि जान्छ । यो कुरालाई तपाईँ हामीले जति गहिरो गरी बुझ्छौँ, त्यति जोश आउनेछ ।’ उनले भने ।

0 Comments