काठमाडौँ । जेन जेड आन्दोलनका क्रममा नख्खु कारागारबाट फरार भएका एक कैदीलाई बैतडी प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार पुर्चौंडी नगरपालिका-७ काफलीका नरेन्द्रसिंह रतोकीलाई शुक्रबार बिहान पक्राउ गरिएको हो ।
इलाका प्रहरी कार्यालय पाटनबाट प्रहरी निरीक्षक इन्द्रराज भट्टको नेतृत्वमा खटिएको टोलीले बिहान करिब ४:३० बजे रतोकीलाई उनकै निवासबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
रतोकी गत भदौ २३ र २४ गते भएको जेन जेड आन्दोलनका क्रममा काठमाडौँस्थित नख्खु कारागारबाट फरार भएका थिए । उनीविरुद्ध जबरजस्ती करणी तथा डाँका चोरीसम्बन्धी मुद्दामा अदालतबाट १७ वर्ष ६ महिनाको कैद सजाय तोकिएको थियो ।







