२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ग्रीन हाइड्रोजनमार्फत मल उत्पादनतर्फ अघि बढ्न सांसद खनालको सुझाव

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद केपी खनालले नेपालमा रासायनिक मलको दीर्घकालीन समाधानका लागि विद्युत् आधारित ग्रीन हाइड्रोजन प्रविधिमार्फत मल उत्पादनको अवधारणातर्फ सरकार अग्रसर हुनुपर्ने बताएका छन्।

शुक्रबार बसेको प्रतिनिधि सभाअन्तर्गत कृषि समितिको बैठकमा धारणा राख्दै उनले किसानहरूले मलको माग गर्दै सिंहदरबार धाउनुपर्ने अवस्था अन्त्य हुनुपर्ने आवश्यकता औँल्याए।

उनले कृषक समुदायलाई देशको खाद्य सुरक्षाको आधार स्तम्भका रूपमा उल्लेख गर्दै उत्पादनमा संलग्न नागरिकले आवश्यक कृषि सामग्रीका लागि राज्यसमक्ष बारम्बार आग्रह गर्नुपर्ने अवस्था दुःखद भएको टिप्पणी गरे। सरकार अहिले किसानको पक्षमा रहेको दाबी गर्दै उनले त्यसलाई व्यवहारमा उतार्न कृषि मन्त्रालयले प्रभावकारी र दक्ष ढंगले काम गर्नुपर्ने बताए।

सांसद खनालले कृषि क्षेत्रमा आधुनिक प्रविधि र ऊर्जाको उपयोग बढाउनुपर्नेमा जोड दिँदै इजरायलको उदाहरण प्रस्तुत गरेका थिए। सीमित प्राकृतिक स्रोत हुँदाहुँदै पनि इजरायलले कृषि उत्पादनमा उल्लेखनीय सफलता हासिल गरेको उल्लेख गर्दै नेपालजस्तो भौगोलिक विविधता भएको मुलुकमा अझ ठूलो सम्भावना रहेको उनको भनाइ थियो।

उनले पहाड, हिमाल र तराईजस्ता विविध भू-भाग भएको नेपालले कृषि उत्पादनमा आत्मनिर्भर बन्न सक्ने पर्याप्त आधार रहेको धारणा राखे।

नेपाललाई कृषिप्रधान देश भनिए पनि किसानहरू अझै मल र बीउका लागि राज्यसमक्ष निर्भर रहनुपर्ने अवस्था कायम रहनु विडम्बनापूर्ण भएको उनले बताए। माटोसँग प्रत्यक्ष जोडिएर देशको खाद्य आवश्यकता पूरा गर्ने कृषक समुदायले आधारभूत कृषि सामग्री प्राप्तिका लागि संघर्ष गर्नुपरेको विषयप्रति उनले चिन्ता व्यक्त गरे।

0 Comments