१३ श्रावण २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संसदमा सांकेतिक भाषा : बहिरा महासंघद्वारा खुसी व्यक्त

अ+ अ-

काठमाडौँ । राष्ट्रिय बहिरा महासंघ नेपालले बहिरा समुदायको सूचना तथा सञ्चारमा थप पहुँच एवं समावेशीकरण थप सहकार्यका लागि सम्बन्धित सबैमा आह्वान गरेको छ । 

महासंघले आज विज्ञप्ति जारी नेपालको प्रतिनिधि सभा र राष्ट्रिय सभाका बैठकहरू प्रत्यक्ष प्रसारणमा यही वैशाख २८ गतेदेखि नेपाली सांकेतिक भाषाको दोभाषेको व्यवस्था गरिएकोप्रति खुसी एवं गौरव व्यक्त गर्दै सो विषयको आह्वान गरेको हो । 

संसद्का बैठक एवं गतिविधिहरू सम्बन्धमा बहिरा समुदायलाई सुसूचित गर्नका लागि संघीय संसद्का बैठकको प्रत्यक्ष प्रसारणमा सांकेतिक भाषाको दोभाषेको व्यवस्था गर्न राष्ट्रिय बहिरा महासंघ नेपालले लामो समयदेखि पहलकदमी गर्दै आएको थियो । महासंघका अध्यक्ष सन्तोष केसीले भने, “संसद् बैठकको प्रत्यक्ष प्रसारणमा दोभाषेको व्यवस्था गर्ने प्रयासले मूर्तरूप लिएको सुखद उपलक्षमा महासंघ सम्पूर्ण बहिरा समुदायमा हार्दिक बधाई ज्ञापन गर्दछ ।”

 संसद् बैठकको प्रत्यक्ष प्रसारणमा सांकेतिक भाषाको दोभाषेको व्यवस्थाबाट संसदमा भएका नीति तथा कार्यक्रम, बजेट, कानुन निर्माण, राष्ट्रिय महत्त्व एवं समसामयिक छलफललगायत विभिन्न संसदीय गतिविधिहरूप्रति बहिरा समुदायको पहुँच अभिवृद्धि हुने, प्रत्यक्ष सुसूचित एवं लाभान्वित हुने विश्वास महासंघले लिएको छ । 

अपांगता भएका व्यक्तिको अधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धि २००९, नेपालको संविधान २०७२, अपांगता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी ऐन २०७४ मा बहिरा समुदायको सूचना तथा सञ्चारमा पहुँच सुनिश्चित गर्ने स्पष्ट व्यवस्था गरिएका छन् । 

संघीय संसद्का बैठकको प्रत्यक्ष प्रसारणमा सांकतिक भाषाको दोभाषेको व्यवस्था गर्नेसम्बन्धी राष्ट्रिय बहिरा महासंघ नेपालको माग उत्सुकतापूर्वक मनन गरेर तत्काल दोभाषेको व्यवस्थापन गर्नमा आफैँ सक्रियतापूर्वक सरिक हुनु भइ बहिरा समुदायको सूचनाको हकको कार्यान्वयनका तदारुकताका देखाउनु भएकामा प्रतिनिधिसभाका सभामुखप्रति महासंघ एवं सिंगो बहिरा समुदाय हृदयदेखि नै धन्यवाद ज्ञापन गरिएको छ । 

0 Comments