२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मिथिला नगरपालिकाका ४८३ परिवारलाई लालपुर्जा वितरण

अ+ अ-

काठमाडौँ । विगत लामो समयदेखि (भूमिहीन) सुकुमवासीको रूपमा बस्दै आएका धनुषाको मिथिला नगरपालिकाका ४८३ परिवारलाई आज एक समारोहबीच लालपुर्जा वितरण गरिएको छ । मिथिला नगरपालिका-६, ७, ८ र ९ का (भूमिहीन) सुकुमवासीलाई लालपुर्जा वितरण गरिएको हो ।

गाउँब्लकका जमिन लालपूर्जाबिना भोग गर्दै आएका सुकुमवासीलाई लालपुर्जा वितरण गरिएको जिल्लास्थित नापी कार्यालय दुई नम्बर टोली ढल्केवरले जनाएको छ । टोलीका प्रमुख सीयाराम साहले आवश्यक कागजातसहित नापनक्साको प्रक्रिया पूरा गरेर लालपुर्जा वितरण गरिएको बताए । उनका अनुसार सो टोलीको कार्यालयमा ६५८ जनाले लालपुर्जाका लागि निवेदन दिएको थिए ।

यसअघि सो टोलीले उक्त पालिकाको वडा नंं १, ६ र ७ का  ६४ (भूमिहीन) सुकुमवासी परिवारलाई सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरी लालपुर्जा वितरण गरेको थियो । नापी कार्यालय धनुषाको दुई नं टोलीद्वारा गाउँब्लकको जग्गा नापजाँच गरेर लालपुर्जा वितरण प्रक्रिया सुरु गरेको थियो । त्यसको आधारमा लालपुर्जा वितरण गरिएको प्रमुख साहले जानकारी दिए।

साहका अनुसार आज यहाँ आयोजित समारोहमा जिल्ला समन्वय समितिका प्रमुख राजनन्दन मण्डल, मिथिला नगरपालिकाका प्रमुख महेन्द्र महतोलगायत पदाधिकारीले सम्बन्धित जग्गाधनीलाई सो जग्गाधनी लालपुर्जा वितरण गरेको हो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख मण्डलले लामो समयको संघर्ष पश्चात् लालपुर्जा प्राप्त गर्नेलाई बधाई दिँदै लालपुर्जा पाउने प्रक्रियाबाट छुटेकाहरूलाई यथाशीघ्र कानुनी प्रक्रिया पूरा गरेर निजको भोगाधिकार दिलाउनका लागि लालपुर्जा वितरण गर्न अनुरोध गरे । साथै पालिका प्रमुख, उपप्रमुख तथा वडाध्यक्षहरूले आपसी विवादबाट मुक्त भई कार्य गर्न आग्रह गरे । 

मिथिला नगरपालिकाका प्रमुख महतोले लामो समयदेखि लालपुर्जा नपाएका भूमिहीनले अहिले लालपुर्जा प्राप्त गरेर रैतीबाट शासक बनेका भन्दै सबैको सहकार्य र समन्वयमा नगरको विकास गर्नुपर्ने आवश्यकता औँल्याए ।

नापी कार्यालयका प्रमुख उमेश साहको अध्यक्षतामा भएको सो कार्यक्रममा  नापी कार्यालयअन्तर्गत दुई नं टोलीका प्रमुख सीयाराम साह, मिथिला नगरपालिकाका–६ का वडाध्यक्ष नन्दकिशोर यादव, वडा नं १ का वडाध्यक्ष योगी महतो, वडा नं ५ का वडाध्यक्ष रामचन्द्र महतोलगायत वक्ताले आ(आफ्नो धारणा राखेका थिए ।

धनुषा जिल्लामा ७५ वटा गाउँब्लक छन् । तीमध्ये ७२ वटा गाउँब्लकको जग्गा नापजाँच भइसकेको छ । त्यसअन्तर्गत १२ वटा गाउँब्लकको धनीपूर्जा वितरण भइसकेको नापी कार्यालयले जनाएको छ ।

0 Comments