२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अतिक्रमण हटेपछि चिटिक्क बन्दै सडकपेटी

अ+ अ-

राँझा(बाँके) । नेपालगञ्ज उपमहानगरपालिकाले सहरको मुख्य सडक सुर्खेतरोडमा अतिक्रमण हटाएर सडक पेटीलाई व्यवस्थित बनाउने अभियान सुरु गरेसँगै सडकको मुहार फेरिएको छ ।

उपमहानगरपालिकाले सडकपेटी कब्जा गरेर बनाइएका अवैध संरचनालाई धमाधम हटाएर नयाँ स्वरूपमा फुटपाथ निर्माण गरिरहेको छ । अहिले गणेशमानचोकदेखि सुर्खेतरोडको पश्चिमतर्फ बीपीचोक हुँदै धम्बोझी चोकसम्मको क्षेत्रमा सडकपेटी निर्माण कार्य सम्पन्न भइसकेको छ । हिजो भद्रगोल क्षेत्र अहिले सफा, व्यवस्थित र चिटिक्क देखिएको छ ।

सुर्खेतरोडको पश्चिमतर्फको नालादेखि सात फिटसम्मको अतिक्रमित फुटपाथ क्षेत्र खाली गराएर नयाँ निर्माण गरिएको हो । यो सडकपेटी निर्माण केवल हिँड्नका लागि मात्रै नभई सहरको दीर्घकालीन सौन्दर्य र सबै नागरिकको पहुँचलाई ध्यानमा राखेर डिजाइन गरिएको नगर प्रमुख प्रशान्त विष्टले बताए । 

“हामीले सडक पेटीलाई सात फिट फराकिलो बनाएका छौँ”, नगर प्रमुख विष्टले भने, “यो फुटपाथ आम पैदलयात्रीका लागि मात्र होइन, अपांगता भएका व्यक्तिहरू सहजै आवतजावत गर्न सक्नेगरी अपांगमैत्री बनाइएको छ । यसलाई हरियालीयुक्त बनाउन वृक्षरोपणको काम पनि भइरहेको छ ।”

उपमहानगरपालिकाको यो अभियान धम्बोझीमै रोकिने छैन । धम्बोझीबाट अगाडि बढेर पुष्पलाल चोकसम्मै सडकपेटी निर्माण गर्ने, पैदलयात्रीलाई सहज बनाउने र सडक किनारमा वृक्षारोपण गरी हरियाली कायम गर्ने योजना स्थानीय सरकारको छ । वर्षौँदेखिको गहिरो गरी गडेको अतिक्रमण हटाउन उपमहानगरपालिकाले दृढता देखाउँदै डोजरसमेत प्रयोग गर्नुपरेको थियो, जसको परिणाम अहिले सडकमा प्रस्ट देखिन थालेको नेपालगञ्ज उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालको भनाइ छ ।

स्थानीय सरकारको यो कदमबाट नेपालगञ्जका बासिन्दा तथा नागरिक समाज निकै उत्साहित देखिएका छन् । सडकपेटी व्यवस्थित भएसँगै बजार क्षेत्रमा सवारी दुर्घटनाको जोखिम घट्ने र सहरी सौन्दर्यता बढ्ने उनीहरूको विश्वास छ ।

“सडकपेटी निर्माणले पैदलयात्रीलाई आवागमनमा निकै सहजता थपेको छ । यसले सहरको सौन्दर्यता समेत ह्वात्तै बढाएको छ”, नेपालगञ्जका नागरिक अगुवा तेजबिक्रम शाह भन्छन्, “यो अभियानलाई अझै विस्तार गर्न आवश्यक छ । मुख्य सडक सुर्खेतरोडको दुवैतर्फ यसै गरी व्यवस्थित सडकपेटी निर्माण हुनेछ, तब नेपालगञ्जको मुहारमै ठूलो परिवर्तन आउनेछ ।”

अतिक्रमण हटाएर फुटपाथलाई नागरिकको अधिकारका रूपमा फिर्ता गराउने नेपालगञ्ज उपमहानगरपालिकाको यो प्रयास उदाहरणीय रहेको उल्लेख गर्दै शाहले अब निर्माण गरेको सडक पेटीलाई सधैँका लागि अतिक्रमणमुक्त राख्नु र हरियालीको संरक्षणमा समेत ध्यान दिनुपर्नेमा जोड दिए।

कुनै समय नेपालगञ्जको मुख्य सडक सुर्खेतरोडको किनारैकिनार हिँड्ने पैदल यात्रीहरू सधैँ त्रसित हुन्थे । सडकपेटी ९फुटपाथ० त थियो, तर त्यहाँ न मानिस हिँड्ने ठाउँ थियो, न त सहज रूपमा पाइला टेक्न नै मिल्थ्यो । व्यापारीका सामान, ठेलागाडा र अवैध रूपमा ठडिएका भौतिक संरचनाले फुटपाथ पूर्णरूपमा कब्जामा थियो । पैदल यात्रीहरू बाध्य भएर गुडिरहेका गाडीकै बीचबाट जोखिमपूर्ण रूपमा मूल सडकमा हिँड्नुपर्थ्यो ।

अहिले नेपालगञ्जको यो परिदृश्य बदलिएको छ । सडक किनारका अवैध संरचनामाथि स्थानीय सरकारले डोजर चलाएपछि सुर्खेतरोडले नयाँ र आधुनिक रूप लिन थालेको नेपालगञ्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले बताए।  

0 Comments