काठमाडौँ । लोक सेवा आयोगले लिएको लेखापाल पदको लिखित परीक्षामा एक जना पनि उम्मेदवार उत्तीर्ण नभएको पाइएको छ ।
नेपाल कृषि अनुसन्धान परिषद्को लोक सेवा आयोगबाट लिइएको लिखित परीक्षामा कुनै पनि उम्मेदवार उत्तीर्ण नभएको आयोगले आज जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।








