२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चितवन राष्ट्रिय निकुञ्जमा नेपाली पर्यटकको आकर्षण बढ्यो, विदेशी आगमनमा कमी

अ+ अ-

काठमाडौँ । चितवन राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षको वैशाखसम्म आन्तरिक पर्यटकको आगमन उल्लेखनीय रूपमा बढेको छ । यद्यपि, सार्क राष्ट्र तथा अन्य विदेशी मुलुकबाट आउने पर्यटकको संख्या भने घटेको निकुञ्जको तथ्यांकले देखाएको छ ।

निकुञ्जका अनुसार आर्थिक वर्ष २०८२-८३ को वैशाख मसान्तसम्म कुल २ लाख २६ हजार ८७६ जना स्वदेशी तथा विदेशी पर्यटकले भ्रमण गरेका छन् । तीमध्ये १ लाख ३७ हजार २४६ नेपाली, १३ हजार ९९२ सार्क मुलुकका तथा ७५ हजार ६३८ तेस्रो मुलुकका पर्यटक रहेका छन् ।

गत आर्थिक वर्षको सोही अवधिमा कुल २ लाख ४ हजार ५०२ पर्यटकले निकुञ्ज भ्रमण गरेका थिए । यस वर्ष उक्त संख्या २२ हजार ३७४ ले वृद्धि भएको हो । चालु आर्थिक वर्ष सकिन अझ दुई महिना बाँकी रहेकाले कुल पर्यटक संख्या गत वर्षको भन्दा उच्च रहने अनुमान गरिएको छ । अघिल्लो आर्थिक वर्षभर २ लाख ३१ हजार ३२९ पर्यटकले निकुञ्ज भ्रमण गरेका थिए ।

विदेशी पर्यटकतर्फ भने गिरावट देखिएको छ । गत आर्थिक वर्षको वैशाखसम्म १८ हजार ९३३ सार्क मुलुकका तथा ८१ हजार ८९७ तेस्रो मुलुकका पर्यटक निकुञ्ज पुगेका थिए । चालु वर्षमा सार्क मुलुकबाट आउने पर्यटक ४ हजार ९४१ ले घटेका छन् भने अन्य विदेशी पर्यटकको संख्या ६ हजार २५९ ले कम भएको छ ।

यस विपरीत नेपाली पर्यटकको उपस्थिति उल्लेखनीय रूपमा बढेको छ । गत वर्ष वैशाखसम्म १ लाख ३ हजार ६७२ नेपालीले निकुञ्ज भ्रमण गरेका थिए भने चालु आर्थिक वर्षमा यो संख्या बढेर १ लाख ३७ हजार २४६ पुगेको छ । अर्थात् अघिल्लो वर्षको तुलनामा ३३ हजार ५७४ बढी नेपाली पर्यटक निकुञ्ज पुगेका छन् ।

निकुञ्जका अनुसार कार्तिक, पुस, माघ र वैशाख महिनामा आन्तरिक पर्यटकको आगमन सबैभन्दा बढी देखिएको छ । विशेष गरी वैशाख महिनामा मात्रै १८ हजार ४६ नेपाली पर्यटकले निकुञ्ज भ्रमण गरेका छन् । अघिल्लो वर्ष सोही महिनामा १० हजार ७८१ नेपाली पर्यटक पुगेका थिए ।

तथ्यांकअनुसार माघ र फागुन महिनाबाहेक अधिकांश अवधिमा विदेशी पर्यटकको आगमन गत वर्षको तुलनामा कम देखिएको छ । नेपाली पर्यटकको संख्या भने प्रत्येक महिना वृद्धि हुँदै गएको निकुञ्जले जनाएको छ ।

0 Comments