काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ। उनीविरुद्ध साइबर अपराध र राज्यविरुद्धको कसुरसम्बन्धी आरोप लगाइएको हो।
पर्सा जिल्ला अदालतका सूचना अधिकारी जयनारायण यादवका अनुसार आज भएको बयान प्रक्रिया पूरा हुन नसकेपछि उनलाई हिरासतमा राख्दै भोलि मंगलबार पुनः उपस्थित गराउने आदेश दिइएको छ।
प्रहरीले प्रसाईँलाई गत जेठ ४ गते वीरगञ्जस्थित होटेल दियालोबाट नियन्त्रणमा लिएको थियो।
प्रहरीका अनुसार उनले सार्वजनिक नैतिकता तथा शिष्टाचार विपरीत अभिव्यक्ति दिएको, साथै विभिन्न समुदायबीच घृणा र द्वेष फैलाउने तथा सामाजिक सद्भावमा असर पर्ने किसिमका गतिविधि गरेको आरोप छ।







