२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दक्ष र गुणस्तरीय मात्र नभई कर्तव्यनिष्ठ जनशक्ति उत्पादन गर्न आग्रह

अ+ अ-

काठमाडौँ । प्रधान सेनापति अशोकराज सिग्देलले दक्ष र गुणस्तरीय मात्र नभई कर्तव्यनिष्ठ र इमान्दार जनशक्ति उत्पादन गर्न नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानलाई आग्रह गरेका छन् । 

संस्थानको १५औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले मुलुकमा स्वास्थ्य क्षेत्रका जनशक्तिको थप आवश्यकताको वर्तमान अवस्थालाई  मध्यनजर गरी यस क्षेत्रमा थप गुणस्तरीय जनशक्ति उत्पादन गर्ने एक उत्कृष्ट शैक्षिक संस्थाका रूपमा आफूलाई स्थापित गरी अघि बढ्न सो संस्थानलाई शुभकामना दिए। 

चिकित्सा क्षेत्रजस्तो संवेदनशील एवं महत्त्वपूर्ण विषयका जनशक्ति उत्पादन गरेर छोटो समयमै स्वदेश तथा विदेशमा आफूलाई सुपरिचित गराउन सकेकामा संस्थानको प्रशंसा गर्दै प्रधान सेनापति सिग्देलले आगामी दिनमा समयानुकूल थप गुणस्तरीय फड्को मार्दै अघि बढ्न आग्रह पनि गरे ।  

त्यस अवसरमा उनले उक्त संस्थानमा अध्ययनरत विभिन्न विधाका उत्कृष्ट विद्यार्थी, चिकित्सक एवं कर्मचारीहरूलाई पुरस्कार प्रदान गरेका थिए । कार्यक्रममा संस्थानका निर्देशक प्रा. डा. देवेन्द्रबहादुर खत्रीले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थानले हाल सञ्चालन गरिरहेका विभिन्न विषय र कार्यक्रमहरूको अवस्था र आवश्यकताका बारेमा जानकारी गराएका थिए । 

संस्थानका अर्का निर्देशक पुरुषोत्तम खड्का र प्राचार्य प्रा. डा. रत्ना अधिकारीले संस्थानका प्राज्ञिक एवं प्रशासनिक गतिविधिहरूका बारेमा जानकारी गराएका थिए । त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थानका डिन प्रा डा मोहनराज शर्माले नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानले मुलुकको स्वास्थ्य क्षेत्रका लागि आवश्यक दक्ष एवं उत्कृष्ट जनशक्ति उत्पादन गरिरहेको बताए । 

नेपाली सेनाको कल्याणकारी कोषअन्तर्गत २०६७ सालमा स्थापना भएको यस संस्थानले उच्च शिक्षाका माध्यमबाट चिकित्सक, नर्सहरूदेखि विशेषगरी स्वास्थ्य क्षेत्रका जनशक्तिहरू उत्पादन गरिरहेको छ । 

हाल सो संस्थानले स्नातक तहमा पाँच र स्नातकोत्तर तहमा २३ विभिन्न विषय एवं शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेको छ ।  उक्त संस्थानमा सञ्चालित सबै विषय र संकायका गरी करिब एक हजार ४०० विद्यार्थी र २४८ संकाय सदस्य रहेका छन् । 

0 Comments