२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गणतन्त्र दिवस समारोहका लागि काठमाडौँ महानगरद्वारा जिम्मेवारी निर्धारण

अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले गणतन्त्र दिवसलाई व्यवस्थित र विशेष रूपमा मनाउन कार्यक्रम व्यवस्थापन तथा मञ्च सजावटको तयारी अघि बढाएको छ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँको अध्यक्षतामा बसेको मञ्च सजावट तथा कार्यक्रम व्यवस्थापन उपसमितिको बैठकले विभिन्न निकायबीच कार्य जिम्मेवारी बाँडफाँड गरेको हो।

बैठकअनुसार मूल समारोहमा प्रस्तुत गरिने झाँकी व्यवस्थापनको जिम्मा सम्पदा तथा पर्यटन विभागलाई दिइएको छ। कार्यक्रमस्थल आसपासको सरसफाइ, प्याराफिट क्षेत्रको व्यवस्थापन तथा शौचालय सञ्चालनको काम वातावरण व्यवस्थापन विभागले गर्नेछ। त्यस्तै कुर्सी, फूल, सजावटका सामग्री, पिउने पानी तथा विशिष्ट अतिथिका लागि आवश्यक सामग्री व्यवस्थापनको जिम्मेवारी जिन्सी शाखालाई तोकिएको छ।

गणतन्त्र दिवस २०८३ अंकित ३४ मिटर लामो व्यानर हेलिकोप्टरमार्फत प्रदर्शन गरिने तयारी गरिएको छ। पुष्पवृष्टिका लागि आवश्यक फूल तथा प्याराफिटका दुवै किनारमा राखिने १७ मिटर लम्बाइका दुई वटा कपडाका व्यानरसमेत सम्बन्धित शाखाले नेपाली सेना लाई उपलब्ध गराउने जनाएको छ।

त्यसैगरी शाखाले मञ्च सजावटसँगै आठ जोडी परेवा, पाँच सय वटा बेलुन, फूल तथा बुकेको व्यवस्था गर्नेछ। जेठ १४ गते साँझ माइतीघर मण्डला मा आयोजना हुने दीप प्रज्वलन कार्यक्रमको व्यवस्थापन पनि सोही शाखाले गर्नेछ।

स्वास्थ्य विभागले प्राथमिक उपचार टोली परिचालन गर्ने तथा आकस्मिक अवस्थाका लागि एम्बुलेन्स तयारी अवस्थामा राख्ने निर्णय गरिएको छ। विपद् व्यवस्थापन विभागले कार्यक्रमस्थलमा दमकल तैनाथ गर्नेछ।

बैठकमा जंगी अड्डा समारोह सञ्चालन निर्देशनालयका प्रमुख सेनानी पंकज पाण्डे, काठमाडौँ उपत्यका प्रहरी कार्यालय का प्रहरी उपरीक्षक बालनरसिंह राणा, संघीय संसद् सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयका सिनियर डिभिजन इञ्जिनियर गणेश कर्माचार्य, नेपाल उद्योग वाणिज्य महासंघ का उपाध्यक्ष दिलसुन्दर श्रेष्ठसहित महानगरका विभिन्न विभागीय प्रमुख तथा स्थानीय तहका प्रतिनिधिहरू सहभागी थिए।

0 Comments