२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एसियन गेम्स छनोटमा चीनमाथि नेपालको सानदार जित

अ+ अ-

काठमाडौँ । एसियन गेम्स छनोटमा नेपालले विजयी सुरुवात गरेको छ। बुधबार मलेसियामा भएको खेलमा नेपालले चीनमाथि १९ रनको जित निकालेको हो।

नेपालले दिएको १२६ रनको लक्ष्य पछ्याएको चीनले २० ओभरमा ५ विकेटको क्षतिमा १०६ रन बनायो।

चीनका लागि कप्तान जु मिंगेले ३० रन बनाइन्। बलिङमा नेपालकी रिया शर्माले २ विकेट हात पार्दा मनीषा उपाध्याय, कविता कुँवर र पूजा महतोले १-१ विकेट हात पारे।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ५ विकेटको क्षतिमा १२५ रन बनायो।

नेपालका लागि उपकप्तान पूजा महतोले ६३ रनको योगदान गरिन्। उनले ५७ बल खेलेर ६ चौका प्रहार गरिन्।

पूजासँग ओपनिङ गरेकी सम्झना खड्का ४ रनमा आउट भइन भने सोनी पाख्रिनले १८ रन जोड्न सकिन्। रुबी पोद्दारले नटआउट २२ रन बनाएकी थिइन्।

बलिङमा चीनकी मा रुइकेले २ विकेट लिइन्। समूहमा नेपालले दोस्रो तथा अन्तिम खेलमा इन्डोनेसियासँग भोलि प्रतिस्पर्धा गर्नेछ।

अर्को समूहमा थाइल्यान्ड, आयोजक मलेसिया र हङकङ छन्। दुवै समूहका शीर्ष दुई दुई टोली सेमिफाइनल पुग्नेछन्। सेमिफाइनल जित्ने दुई टोली र तेस्रो हुने एक टोली गरी तीन टोली आगामी सेप्टेम्बरमा जापानमा हुने एसियन गेम्समा छनोट हुनेछ।

0 Comments