२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जीवन बीमा शुल्कबाट एक खर्ब २७ अर्ब ६९ करोड संकलन

अ+ अ-

काठमाडौँ । जीवन बीमा शुल्कमार्फत रु एक खर्ब २७ अर्ब ६९ करोड बराबरको रकम संकलन भएको छ ।

अर्थ मन्त्रालयले सार्वजनिक गरेको चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण अनुसार निर्जीवन बीमा शुल्क रु ३२ अर्ब ५३ करोड बराबर संकलन भएको छ । कूल बीमा शुल्क २०८१ फागुनसम्मको तुलनामा चालु आवको फागुन मसान्तसम्म १६ दशमलव एक प्रतिशतले वृद्धि भई रु एक खर्ब ६० अर्ब २२ करोड बराबर पुगेको छ ।

गत फागुन मसान्तसम्म सक्रिय बीमालेखमध्ये जीवन बीमातर्फको सङ्ख्या एक करोड ६२ लाख ५९ हजार ८३२ र निर्जीवन बिमातर्फको सङ्ख्या २१ लाख ६८ हजार ४५ बराबर रहेको छ । चालु आवको फागुनसम्म जीवन बिमातर्फ एक लाख २५ हजार ८३० बिमा दाबीअन्तर्गत रु २६ अर्ब ८४ करोड बराबरको रकम दाबी भुक्तानी गरिएको सर्वेक्षणमा उल्लेख छ ।

निर्जीवन बीमातर्फ ९४ हजार २१५ बीमा दाबीअन्तर्गत रु १७ अर्ब ३१ करोड बराबरको रकम भुक्तानी गरिएको छ । बीमा क्षेत्रमा जीवन र लघु जीवन बीमातर्फ गरी १२ हजार ४३० जनाले प्रत्यक्ष रोजगारी प्राप्त गरेका छन् । सर्वेक्षण अनुसार २०८१ फागुनसम्म करिब चार लाख १२ हजार ४५२ अभिकर्ता अप्रत्यक्ष रोजगारीमा छन् ।

निर्जीवन बीमा व्यवसायको क्षति मूल्यांकन गर्ने एक हजार २२४ सर्भेयर र १६ पुन:बिमा अभिकर्ताले रोजगारी पाएका छन् ।

सञ्चय कोषको सम्पत्ति छ खर्ब ४२ अर्ब ३५ करोड
यसैगरी, गत पुससम्म कर्मचारी सञ्चय कोषको सम्पत्ति तथा दायित्व रु छ खर्ब ४२ अर्ब ३५ करोड बराबर पुगेको छ । सो अवधिमा सञ्चयकर्ताको सञ्चित रकम रु पाँच खर्ब ७८ अर्ब छ करोड बराबर छ ।

कोषले विभिन्न क्षेत्रमा गरी रु दुई खर्ब २९ अर्ब ४९ करोड बराबरको रकम लगानी गरेको छ । यस्तै रु तीन खर्ब ८१ अर्ब ६१ करोड बराबरको कर्जा तथा सापटी प्रदान गरेको छ ।

सर्वेक्षण अनुसार गत पुस मसान्तसम्म नागरिक लगानी कोषको सम्पत्ति तथा दायित्व रु तीन खर्ब १९ अर्ब ५० करोड बराबर पुगेको छ । सो अवधिमा बचतकर्ताको सञ्चित रकम रु दुई खर्ब ८२ अर्ब ३७ करोड बराबर छ । कोषले विभिन्न क्षेत्रमा रु एक खर्ब ९२ अर्ब ९४ करोड लगानी गरेको छ । रु ९१ अर्ब ५६ करोड बराबरको रकम कर्जा तथा सापटी प्रदान गरेको छ ।

0 Comments