२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाको वेयरगेट सञ्चालनमा

अ+ अ-

काठमाडौँ । रसुवामा निर्माणाधीन २१६ मेगावाट क्षमताको माथिल्लो त्रिसूली-१ जलविद्युत् आयोजनाको पानी बहाव नियन्त्रण गर्ने वेयरगेट (ड्यामको गेट) उद्घाटन गरिएको छ ।

नेपालका लागि गणतन्त्र कोरियाली राजदूत पार्क थेयङले आज रसुवामा आयोजित कार्यक्रममा आयोजनाको एक महत्त्वपूर्ण हिस्साका रूपमा रहेको वेयरगेटको उद्घाटन गरेसँगै सो जलविद्युत् परियोजना निर्माण अन्तिम चरणमा पुगेको नेपालस्थित गणतन्त्र कोरियाली दूतावासले जनाएको छ ।

सो अवसरमा राजदूत पार्कले गणतन्त्र कोरियाली सरकारले विगत ५२ वर्षदेखि नेपालको दिगो आर्थिक विकास र समृद्धिलाई समर्थन गर्दै नेपालको भरपर्दो विकास साझेदार बनेको बताए।

उनले कोरियाका तर्फबाट नेपालमा तीन वटा जलविद्युत् आयोजना निर्माण हुनुका साथै आवश्यक वित्तीय साझेदारी रहेको उल्लेख गर्दै ऊर्जा क्षेत्रमा नेपाल र कोरियाबीच सहकार्यका प्रचुर सम्भावना रहेको उल्लेख गरे । यस परियोजनालाई नेपाल र कोरियाबीचको दीर्घकालीन ऊर्जा क्षेत्रमा भएको लगानीलाई एक ऐतिहासिक उदाहरणको रूपमा लिन सकिने उनको भनाइ छ ।

उद्घाटन समारोहमा ऊर्जा मन्त्रालयका अधिकारीहरू, कोरियाली दूतावासका कर्मचारी, परियोजनासम्बन्धी सरोकार भएका निकायका प्रतिनिधिलगायत स्थानीय बासिन्दाको उपस्थिति थियो । नेपालको सबैभन्दा ठूलो प्रत्यक्ष वैदेशिक लगानी भएको यस जलविद्युत् परियोजना सन् २०२७ को मध्यसम्ममा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । यस परियोजनामा ७० प्रतिशत ऋण र ३० प्रतिशत इक्विटीको मिश्रित लगानी रहेको छ ।

नेपाल जल तथा ऊर्जा विकास कम्पनी प्राइभेट लिमिटेडद्वारा निर्माणाधीन यस आयोजनाको प्रमुख प्रायोजकहरू कोरिया साउथ इस्ट पावर कम्पनी र कोरिया ओभरसिज इन्फ्रास्ट्रक्चर एण्ड अर्बन डेभलपमेन्ट कर्पोरेशन गरी दुई कोरियाली कम्पनी छन् । यस आयोजना नेपालको जलविद्युत् क्षेत्रमा सबैभन्दा ठूलो प्रत्यक्ष विदेशी लगानी भएको र नदीको बहावमा आधारित परियोजना सन् २०२७ को मध्यसम्ममा सम्पन्न हुने तालिका रहेको जनाइएको छ ।

आयोजनामा ऋण प्रदान गर्ने प्रमुख अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूमा अन्तर्राष्ट्रिय वित्त निगम, एसियाली विकास बैंक, एसियाली पूर्वाधार लगानी बैंक र कोरियाली एक्जिम बैंक रहेका छन् ।

0 Comments