२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राजदूत सिफारिस प्रक्रियामा खुला आवेदन प्रणाली सुरु, इच्छुक उम्मेदवारबाट दरखास्त आह्वान

अ+ अ-

काठमाडौँ । सरकारले राजदूत नियुक्तिको सिफारिस प्रक्रियालाई थप व्यवस्थित र प्रतिस्पर्धात्मक बनाउने उद्देश्यसहित पहिलो पटक खुला आवेदन आह्वान गरेको छ। परराष्ट्र मन्त्रालयले बिहीबार सूचना जारी गर्दै इच्छुक व्यक्तिलाई आगामी जुन ५ भित्र आवेदन पेस गर्न आग्रह गरेको हो।

मन्त्रालयले आवेदन प्रक्रियासँगै आवश्यक योग्यता, अनुभव तथा कार्यक्षेत्रसम्बन्धी मापदण्ड समेटिएको निर्देशिकासमेत सार्वजनिक गरेको जनाएको छ। जारी मापदण्डअनुसार राजदूत पदका लागि उम्मेदवारको न्यूनतम उमेर ३५ वर्ष पुगेको हुनुपर्नेछ भने कम्तीमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने व्यवस्था गरिएको छ। उच्च शैक्षिक योग्यता तथा सम्बन्धित क्षेत्रमा हासिल गरेको अनुभवलाई थप योग्यताका रूपमा मूल्यांकन गरिने उल्लेख गरिएको छ।

परराष्ट्र मन्त्रालयका अनुसार प्राप्त आवेदनहरूको प्रारम्भिक छनोट मन्त्रालयले गर्नेछ। त्यसपछि योग्य ठहरिएका नाम मन्त्रिपरिषदमा सिफारिसका लागि पठाइनेछन्। मन्त्रिपरिषद्ले आवश्यक मूल्यांक्नपछि राजदूतका लागि नाम सिफारिस गर्ने व्यवस्था रहेको छ।

सिफारिस भएका व्यक्तिहरूले संसदीय सुनुवाइ प्रक्रिया पूरा गरेपछि राष्ट्रपतिबाट नियुक्ति पाउनेछन्। नियुक्तिपछि सम्बन्धित राजदूतले परराष्ट्र मन्त्रालयसँग कार्यसम्पादन सम्झौता गरेर जिम्मेवारी सम्हाल्ने व्यवस्था गरिएको छ।

यो प्रक्रिया मन्त्रिपरिषद्बाट स्वीकृत ‘राजदूत नियुक्ति सम्बन्धी निर्देशिका, २०७५’ तथा त्यसमा भएका २०७८ र २०७९ सालका संशोधनअनुसार अघि बढाइएको मन्त्रालयले जनाएको छ।

0 Comments