२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काठमाडौँ महानगरको कक्षा ११-१२ छात्रवृत्ति परीक्षामा २६ हजारभन्दा बढी विद्यार्थी सहभागी हुने

अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कक्षा ११ र १२ का लागि सञ्चालन गर्ने छात्रवृत्ति छनोट परीक्षामा २६ हजार ६८० जना विद्यार्थी सहभागी हुने भएका छन्। 

महानगरपालिकाका अनुसार आवेदन दिएका २६ हजार ८८८ विद्यार्थीमध्ये २०८ जनाको आवेदन स्वीकृत नभएपछि बाँकी विद्यार्थी परीक्षा दिन योग्य ठहरिएका हुन्।

महानगरको शिक्षा विभागअन्तर्गत परीक्षा समितिले परीक्षार्थीले आवेदन दिएको सोही अनलाइन प्रणालीमार्फत प्रवेश पत्र प्राप्त गर्न सक्ने जनाएको छ। प्रवेश पत्रमा परीक्षा केन्द्र, समय तथा परीक्षार्थीले पालना गर्नुपर्ने नियम र जिम्मेवारीसम्बन्धी विवरण समावेश गरिएको छ।

यस वर्ष छात्रवृत्ति छनोट परीक्षा जेठ १७ गते सञ्चालन गर्ने तयारी गरिएको छ। परीक्षा काठमाडौं महानगरपालिका क्षेत्रभित्रका विभिन्न ८३ वटा केन्द्रमा सञ्चालन हुने जनाइएको छ।

महानगरपालिकाले २०८० सालदेखि नीतिगत व्यवस्था लागू गर्दै महानगर क्षेत्रभित्र कक्षा ११ र १२ सञ्चालन गरिरहेका संस्थागत विद्यालयहरूमा छात्रवृत्तिका लागि प्रतिस्पर्धात्मक परीक्षा प्रणाली लागू गरेको हो।

परीक्षार्थीहरूले महानगरपालिकाको आधिकारिक पोर्टलमार्फत लगइन गरेर प्रवेश पत्र डाउनलोड गर्न सक्ने व्यवस्था गरिएको महानगरले जनाएको छ।

0 Comments