२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

धान खेतमा पहिलोपटक मखना खेती

अ+ अ-

भद्रपुर (झापा) । धान खेतीका लागि परिचित झापाको दक्षिणी सीमावर्ती क्षेत्र कचनकवलमा पहिलो पटक व्यावसायिक रूपमा मखना खेती सुरु गरिएको छ ।

पानीमा फल्ने कमल प्रजातिको पौष्टिक खाद्य पदार्थ मखनाको खेती युवा कृषकले नेपालमै पहिलो पटक ठूलो क्षेत्रफलमा थालेपछि यतिबेला यो खेती स्थानीयको चासोको विषय बनेको छ ।

कचनकवल गाउँपालिका–४ केचनाका ३९ वर्षीय कृषक चन्द्र राजवंशीले भारतको विहारबाट प्रविधि सिकेर २० बिघा क्षेत्रफलमा मखना खेती सुरु गरेका हुन् । धान र मकै खेती हुने खेतमा पानी जमाएर गरिएको यो खेती अहिले झापामै नयाँ र फरक कृषि अभ्यासका रूपमा हेरिएको छ ।

राजवंशीले १० वर्षका लागि प्रतिबिघा ३० मन धान बराबरको रकम अग्रिम भुक्तानी गरेर भाडामा लिएको जमिनमा मखना खेती सुरुआत गरेको बताए ।

‘भारतको सीमावर्ती क्षेत्रमा मखना खेती मनग्य आम्दानी दिने खेतीका रूपमा विकास भइरहेको देखेपछि नेपालमा पनि यसको सम्भावना खोज्ने सोच आयो’, उनले भने, ‘जोखिम भए पनि नयाँ खेतीको परीक्षणस्वरूप ठूलो लगानी गरेर सुरु गरेको हुँ ।’

मखना पानीमा फल्ने कमल प्रजातिको वनस्पति हो । यसको फराकिलो पात काँडाले ढाकिएको हुन्छ भने पातको बीचभागबाट फूल र फल लाग्ने गर्दछ । वैशाख अन्तिम सातादेखि फूल लाग्न सुरु हुने मखना साउन अन्तिम सातादेखि पाक्न थाल्ने कृषक राजवंशी बताउँछन् । उनका अनुसार मखना खेतीका लागि सुरुआतमा धेरै मेहनत आवश्यक पर्छ ।

‘पुस महिनादेखि खेत खनजोत सुरु हुन्छ’, उनले भने, ‘मिहिन रूपमा खेत तयार गरी बलिया आली बनाइन्छन् र निरन्तर पानी जमाइन्छ ।’

आठ महिनापछि मात्रै उत्पादन प्राप्त हुने भएकाले यो खेती धैर्यता र लगानी दुवै चाहिने खेतीका रूपमा रहेको राजवंशीको अनुभव छ । उनले बिउदेखि प्रविधिसम्म भारतबाट ल्याएर खेती सुरु गर्दा हालसम्म करिब १४ लाख खर्च भइसकेको बताए । उत्पादित मखना भारत निर्यात गर्न पाए प्रतिबिघा रु तीन लाखसम्म नाफा लिन सकिने उनको अनुमान छ ।

कृषक राजवंशीका अनुसार नेपालमा हालसम्म व्यावसायिक रूपमा मखना खेती सुरु नभएकाले यसको बजार व्यवस्थापन र सरकारी नीतिबारे स्पष्ट व्यवस्था छैन ।

उत्पादनपछि बजारीकरण तथा निर्यात प्रक्रियामा सहजीकरण आवश्यक रहेको उनको भनाइ छ । मखना खेती सुरु भएपछि कचनकवल क्षेत्रमा आन्तरिक चासोसमेत बढ्न थालेको स्थानीयवासी बताउँछन् ।

स्थानीय खुसी राजवंशीका अनुसार अनौठो खेती भएकाले हेर्नकै लागि दैनिक धेरै किसान खेतसम्म पुग्ने गरेका छन् । ‘धान खेतमा पानी जमाएर फरक प्रकारको खेती गरिएको देख्दा धेरैलाई उत्सुकता लागेको छ’, उनले भने ।

मखना धार्मिक तथा स्वास्थ्य दुवै दृष्टिले महत्त्वपूर्ण खाद्य पदार्थका रूपमा चिनिन्छ । हिन्दु धर्ममा पूजापाठमा प्रसादका रूपमा प्रयोग गरिने मखना नेपालमा मुख्यतः भारतबाट आयात हुने गरेको छ । पोषणविद्का अनुसार मखनामा प्रोटिन, फाइबर, क्याल्सियम, आइरन, म्याग्नेसियम, पोटासियम र भिटामिन ‘सी’ प्रशस्त मात्रामा पाइन्छ ।

स्वास्थ्यका दृष्टिले लाभदायक मानिने मखानालाई ‘सुपर फुड’ तथा ‘अर्गानिक खाद्य’ समेत भनिने कृषक राजवंशी बताउँछन् । रासायनिक मल तथा विषादीको प्रयोगबिना उत्पादन गर्न सकिने भएकाले यसको माग भारतसहित अन्तर्राष्ट्रिय बजारमा पनि बढ्दो रहेको उनले बताए ।

कृषक राजवंशीले सरकारी सहयोगबिना आफ्नै लगानीमा बोरिङ जडान गरेर खेती गरिरहेका छन् । मखनाले उचित बजार पाउन सके आगामी वर्षदेखि यो खेती अझै विस्तार गर्ने योजना रहेको उनले बताए ।

0 Comments