२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महिलालाई सहभागी गराउने वातावरण निर्माण गर्नुपर्ने आवश्यकता छ : उपराष्ट्रपति यादव

अ+ अ-

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले महिलालाई आफ्ना अधिकारबारे सचेत बनाउँदै नेतृत्व, शिक्षा, उद्यमशीलता र सामाजिक योगदानमा सहभागी गराउने वातावरण निर्माण गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । 

आठौँ राष्ट्रिय महिला अधिकार दिवस, २०८३ को अवसरमा आज देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनीमा हार्दिक बधाइसहित सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्दै उनले सो आवश्यकता औँल्याएका छन् ।

 उपराष्ट्रपति यादवले महिलामाथि हुने सबै प्रकारका हिंसा, विभेद र असमानताविरुद्ध सामूहिक आवाज उठाउने अवसरका रूपमा पनि यस दिवसलाई लिन सक्नुपर्ने उल्लेख गर्दै संविधानमा उल्लेखित लैंगिक समानताका प्रावधानलाई व्यवहारमा उतार्न तथा सामाजिक चेतना फैलाउन यो दिवसले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताएका छन् । 

उपराष्ट्रपति यादवले भनेका छन्, “महिला अधिकारको प्रत्याभूतिबिना समाजको समान विकास सम्भव छैन, शिक्षा, स्वास्थ्य, सीप विकास, आर्थिक स्वतन्त्रता, राजनीतिक सहभागिता, कानुनी सुधार र नेतृत्वमा महिलाको सम्मानजनक उपस्थिति सुनिश्चित गर्न सरकार, नागरिक समाज तथा सबै क्षेत्रबीच सहकार्य अपरिहार्य छ ।” 

सम्पत्तिमा समान हक, स्थानीय तहमा महिलाको अनिवार्य प्रतिनिधित्व, राष्ट्रियसभामा प्रत्येक प्रदेशबाट कम्तीमा तीन महिलाको सहभागिता तथा समानुपातिक प्रणालीमार्फत प्रतिनिधिसभामा एक तिहाइ महिलाको सुनिश्चितता, यी संवैधानिक व्यवस्थाले महिलाको अधिकारलाई संस्थागत बनाएको उपराष्ट्रपति यादवको भनाइ छ । 

महिला अधिकारका क्षेत्रमा भएका ऐतिहासिक उपलब्धिको सम्मानस्वरूप हरेक वर्ष जेठ १६ गते यो दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाइन्छ । आमा वा बुबामध्ये एकको नामबाट सन्तानलाई नागरिकता प्राप्त गर्ने व्यवस्था, राज्यका सबै संरचनामा कम्तीमा एकतिहाइ महिलाको सहभागिता सुनिश्चित गर्ने संवैधानिक प्रावधान, विभेदकारी कानुनको खारेजी तथा महिलामाथि हुने हिंसा अन्त्य गर्ने प्रतिबद्धताजस्ता उपलब्धि दिवसका आधारस्तम्भ भएको उपराष्ट्रपति यादवले बताएका छन् । 

दिवसले महिला अधिकारको संरक्षण र प्रवर्धनसँगै लैंगिक समानता, महिला सशक्तीकरण, न्याय र समावेशी समाज निर्माणको मार्गलाई थप सशक्त बनाउँदै अघि बढ्न उत्प्रेरित गर्ने उपराष्ट्रपति यादवको विश्वास छ । 

उनले भनेका छन्, “राष्ट्रिय महिला अधिकार दिवसले हामीलाई लैंगिक समानता र महिला सशक्तीकरण समाजको समृद्धि तथा राष्ट्रको प्रगतिका लागि अनिवार्य शर्त हुन् भन्ने तथ्यलाई अंगिकार गर्न उत्प्रेरित गर्दछ, राष्ट्रिय महिला अधिकार दिवसले न्याय, समानता, समावेशिता र सशक्तीकरणका लक्ष्य प्राप्त गर्न सबैलाई एकजुट भई अघि बढ्न प्रेरणा प्रदान गरोस् भनी शुभकामना व्यक्त गर्दछु ।”

0 Comments