२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उत्तरगंगा जलविद्युत् आयोजना आगामी आवदेखि निर्माण गरिने

अ+ अ-

बागलुङ । सरकारले बहुप्रतिक्षित बागलुङको उत्तरगंगा जलाशययुक्त परियोजनासहित पाँच वटा जलविद्युत् आयोजनालाई ठेक्कामा लैजाने भएको छ । आगामी आर्थिक वर्ष २०८३/८४ को लागि ल्याएको बजेट वक्तव्यमा सरकारले बागलुङको उत्तरगंगा जलाशययुक्त ८२८ मेगावाट परियोजना ठेक्कामा लैजाने उल्लेख गरेको हो ।

सरकारले रु. २१ खर्ब २४ अर्ब बजेट सार्वजनिक गर्दै ऊर्जा उत्पादन, प्रसारण र वितरण लाइन निर्माणका लागि रु. ८५ अर्ब ५४ करोड रकम विनियोजन गरिएको अर्थमन्त्री स्वर्णिम वाग्लेले जानकारी दिए । उनले शुक्रबार सार्वजनिक गरेको बजेटमा मुलुकको सस्तो नमुना जलविद्युत् आयोजनाका रूपमा चर्चा कमाएको ८२८ मेगावाटको उत्तरगंगा जलाशययुक्त जलविद्युत् आयोजनासहित पाँच वटा ठूला जलविद्युत् आयोजनाको बजेट व्यवस्थापनसहित ठेक्कामा लैजाने बताए ।

सरकारले ८२८ मेगावाटको उत्तरगंगा जलाशययुक्त आयोजनासहित एक हजार ६१ मेगावाटको माथिल्लो अरुण, २१० मेगावाटको चैनपुरसेती, ९९ मेगावाटको तामाकोशी–५ र ७७ मेगावाटको घुन्साखोला आयोजनाको वित्तीय व्यवस्थापन गरी ठेक्का प्रक्रिया सुरु गर्ने जनाएको छ । ४१७ मेगावाटको नलगाड, ४९० मेगावाटको अरुण–४ र २८१ मेगावाटको नौमुरै आयोजनाको अध्ययन प्रक्रिया अगाडि बढाउने अर्थमन्त्रीले बताए ।

कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताको लगानीमा ४३९ मेगावाटको बेतन कर्णाली जलविद्युत् आयोजना निर्माणका लागि ठेक्का प्रक्रिया सुरु गर्ने अर्थमन्त्री वाग्लेले जानकारी दिए । उत्तरगङ्गा जलाशययुक्त जलविद्युत् आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) प्रतिवेदन स्वीकृत भइसकेको छ । करिब २२ वर्षअघिदेखि चर्चामा रहेको आयोजनाको इआइए प्रतिवेदन वन तथा वातावरण मन्त्रालयले २०८० सालमा स्वीकृत गरेको हो ।

बागलुङमा निर्माण अघि बढेको आयोजना विसं २०६१ देखि चर्चामा रहेको छ । यो आयोजना नेपाल विद्युत् प्राधिकरणको सहायक उत्तरगङ्गा हाइड्रोपावर कम्पनी लिमिटेडले अघि बढाउँदै आएको थियो ।

प्रतिमेगावाट लागतका दरले नेपालको सबभन्दा सस्तो उक्त जलाशय आयोजनाको इआइए स्वीकृत भएको आयोजना ठेक्कामा लाग्ने बागलुङ क्षेत्र नं २ बाट निर्वाचित संघीय सांसद शोम शर्माले जानकारी दिए । उनले बागलुङको २ नं क्षेत्रमा रहेको आयोजनामा रकम व्यवस्थापनसहित ठेक्कामा लैजाने गरी बजेट वक्तव्य आएको बताए ।

निर्माण सुरु भएको १० वर्षभित्र विद्युत् उत्पादन थाल्ने लक्ष्य लिइएको आयोजनामा ढोरपाटन उपत्यकामा उत्तरगङ्गाको पानी जम्मा गरेर निसीखोलामा झारेर  बाहौ महिना विद्युत् उत्पादन गर्न सकिने प्रतिवेदनमा उल्लेख गरिएको थियो । ढोरपाटनको उत्तरगङ्गा नदीमा २०० मिटर अग्लो बाँध बाँधेर जम्मा गरेको पानीलाई ढोरपाटनबाट निसीखोलामा झार्ने सम्भाव्यता अध्ययनमा उल्लेख गरिएको छ ।

आयोजनामा आठ हजार ५१० मिटर लामो हेडरेस पाइप निर्माण हुनेछ भने एक हजार ८७५ मिटर लामो पेनस्टक पाइप निर्माण हुनेछ । आयोजनामा दुई वटा भूमिगत विद्युत् गृह निर्माण हुनेछन् । पहिलो विद्युत् गृहमा १०५ मेगावाट क्षमताका चार वटा युनिट रहने छन् भने दोस्रो विद्युत् गृहमा १०१ मेगावाट क्षमताका चार वटा युनिट निर्माण हुनेछन् । 

0 Comments