काठमाडौँ । साताको दोस्रो सेयर कारोबार दिन मंगलबार प्रि-ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। यो समयमा परिसूचक २.७० अंकले बढेर २७५८.०७ विन्दुमा अडिएको छ।
प्रि-ओपन सेसनमा ५२ वटा स्क्रिप्सको ३ हजार ६३० कित्ता सेयर ५० लाख ७६ हजार १२५ रुपैयाँमा खरिदबिक्री भएको छ भने कारोबारमा आएकामध्ये २१ वटा स्टक्सको मूल्य बढ्दा २४ वटाको घटेको छ ।
बाँकी ७ वटा स्टक्सको मूल्य भने यो समयमा स्थिर रहेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।







