काठमाडौँ । स्वास्थ्य सेवाको अतिरिक्त स्वास्थ्य सचिव (१२औँ तह) को रिक्त पद पूर्तिका लागि दुई जना वरिष्ठ चिकित्सकको नाम सिफारिस गरिएको छ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गत सोमबार बसेको बढुवा समितिको बैठकले डा. सुधा देवकोटा र डा. विनोदविन्दु शर्मालाई उक्त पदमा बढुवाका लागि सिफारिस गरेको मन्त्रालय स्रोतले जनाएको छ।
सिफारिसमा परेकी डा. देवकोटा हाल डडेलधुरा अस्पतालको प्रमुख मेडिकल सुपरिन्टेन्डेन्टको जिम्मेवारीमा कार्यरत छिन् भने डा. शर्मा गण्डकी प्रदेशस्थित प्रादेशिक स्वास्थ्य तालिम केन्द्रका निर्देशक हुन्।
सिफारिसमा परेका दुईमध्ये एक जनालाई अब मन्त्रिपरिषद्को निर्णयपछि अतिरिक्त स्वास्थ्य सचिवमा औपचारिक रूपमा नियुक्त गरिनेछ।







