काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारत भ्रमणका क्रममा आज भारतीय गृहमन्त्री अमित शाहसँग भेटवार्ता गर्ने भएका छन्।
पाँच दिने भारत भ्रमणमा रहेका लामिछानेले भारतीय गृहमन्त्री शाहसँग भेट गर्न लागेको उनको सचिवालय स्रोतले जनाएको छ।
भेटका क्रममा नेपाल-भारत सम्बन्ध, आपसी हितका विषय, लोकतान्त्रिक अभ्यास, सुरक्षा सहकार्य तथा दुवै देशका राजनीतिक दलहरूबीचको संवाद र सहकार्यका सम्भावनाबारे विचार-विमर्श हुने अपेक्षा गरिएको छ।
रास्वपाले भारत भ्रमणलाई द्विपक्षीय राजनीतिक सम्बन्ध र संस्थागत संवाद विस्तार गर्ने अवसरका रूपमा लिएको छ। भ्रमणका क्रममा लामिछानेले भारतीय राजनीतिक नेतृत्वका विभिन्न प्रतिनिधिसँग समेत भेटघाट गरिरहेका छन्।







